बिर्तामोड । नारायण गोपाल स्मृति प्रतिष्ठान झापाको अध्यक्षमा पुनः मोहन शिवाकोटी चयन भएका छन् ।
संस्थाको बिर्तामोडमा आयोजित आठौं बार्षिक साधारण सभा तथा दोस्रो अधिवेशनले शिवाकोटीलाई अध्यक्षमा सर्वसम्मत चयन गरेको हो ।
समितिको उपाध्यक्षमा नारायण शिवाकोटी, सचिवमा रुद्र सिटौला, सहसचिवमा टीका अधिकारी र कोषाध्यक्षमा जानुका थापा मगर रहेका छन् ।
त्यसैगरी सदस्यहरुमा भीमा शिवाकोटी, राजु चाम्लिङ, टीका भट्टराई (नेपाल), निरज सिटौला, गोपाल सिटौला र कोशिस घिमिरे े रहेका छन् ।
संस्थाका अध्यक्ष शिवाकोटीको अध्यक्षता तथा वरिष्ठ गितकार अनिरुद्र ओलीको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि ओली जिल्ला समन्वय समितिका उपसंयोजक शान्ता रोक्का, बिर्तामोड नगरपालिकाका उपमेयर नगेन्द्र संग्रौला, साहित्यकार केशव आचार्य, शिक्षा सेवी गुरुभक्त न्यौपाने लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
कार्यक्रममा अध्यक्ष शिवाकोटीले संस्थागत र कोषाध्यक्ष अर्जुन पाठकद्वारा प्रस्तुत आर्थिक प्रतिवेदन पारित भएको थियो ।
नारायण गोपाल स्मृति प्रतिष्ठान झापाको अध्यक्षमा पुनः शिवाकोटी

































































































