भद्रपुर । झापाको चन्द्रगढीमा आयोजित कार्यक्रममका सहभागी कर्मचारीहरुले प्रस्तावित संघीय निजामति सेवा एैन सबै तहका कर्मचारीको हितमा नरहेकोले कर्मचारीहरुले सरकार विरुद्व आन्दोलन गर्नुको बिकल्प नरहेको बताए । नेपाल निजामति कर्मचारी युनियन झापाद्वारा आइतवार आयोजित कार्यक्रममा बोल्दै युनियन केन्द्रीय अध्यक्ष गोपाल पोखरेलले सेवा ऐनका बिषयमा पटक पटक सरकारलार्इ ज्ञापन पत्र बुझाएर ध्यानाकर्षण गराउँदा पनि नसुनेको गुनासो गरे ।
बैशाख १९ र २० गते प्रधानमन्त्री लगायतका सरोकारवाला निकायहरुलाइ पुनःजानकारी दिएर २१ गते सबै तहका कर्मचारीहरुलाई सिंहदरबार प्रवेश नगरेर सिहदरवार केन्द्रीकृत आन्दोलन गर्ने बताउए । उहाँले सरकारलाइ दवाव दिने उद्देश्यले गरिएको आन्दोलनमा सबै कर्मचारी उठ्नु पर्ने बताउदै एकल कर्मचारीको सरकारको अवधारणाले संघीयता खारेज हुने समेत बताए । कार्यक्रममा कोशी प्रदेश झापाका सांसद गोपाल तामाङले सेवा एेनको पक्षमा आफू रहेकोले ऐन सबै कर्मचारीलाई समेट्ने गरी आउनु पर्नेमा जोड दिए । कार्यक्रममा युनियन केन्द्रिय बरिक्ष्ठ उपाध्यक्ष उतम कट्वाल लगायतले बोल्दै सरकारले सबै तहका कर्मचारीलाई समेट्ने गरी ऐन ल्याउनुपर्ने बताए । युनियन झापा अध्यक्ष कबिन्द्रबिक्रम नेम्वाङको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन चन्द्र पौडेलले गरेका थिए ।
प्रस्तावित संघीय निजामती सेवा ऐन नसच्चिए आन्दोलन गर्ने चेतावनी
