ठूला र पुराना दुई राजनीतिक दल (कांग्रेस र एमाले)का कार्यकर्ता यतिबेला वडा र टोलमा केन्द्रित छन् । जनतालाई जागरुक गराउने, टोल, वडा तहदेखिकै पार्टी संरचना तथा त्यस अन्तरगतका संगठनहरुलाई चलायमान बनाउने, पार्टी संगठनका नेतृत्वले गरेका काम र विकास निर्माणका काममा जनताको राय बुझ्न र बुझाउन का लागि पार्टी कार्यकर्ताहरु तल्लो तहसम्म पुग्ने गरेका हुन् । त्यही शिलशिलामा मिसन ग्रासरुट अभियानमा रहेको एमालेका नगर अध्यक्ष सुवास भट्टराईसंग गरिएको कुराकानीको सार संक्षेप यहाँ प्रस्तुत गरेका छौं ।
–के हो मिसन ग्रास रुट ?
मिसन ग्रास रुट नेकपा एमालेले पार्टीका कार्यकर्ता र आम जनताको पार्टी संगठन, पार्टी सुदृढीकरण, विकास निर्माणमा जनताको राय बुझ्नुका लागि चलाइएको एउटा अभियान हो । यसले जनताको भावना बुझ्ने एउटा अभियान हो ? जनप्रतिनिधि र जनताबीचको सम्बन्ध कस्तो ? भन्ने बुझ्नु हो भने जनतासंग नेतृत्व र जनप्रतिनिधि दुवै नजोडिए विकास संभव कठिन हुनाले जनतासंग नेता र जनप्रतिनिधि जोडिने माध्यम पनि हो । जनप्रतिनिधिले गरेको काम बारे जनताले थाहा नपाउनाले पार्टी कमजोर भएको हो की भन्ने बुझाईका साथ पार्टीलाई मजबुत बनाउँदै जनतासंग जनप्रतिनिधि जोड्ने अभियान हो ।
उपलब्धी के प्राप्त भयो ?
–हाम्रो यो अभियान आगामी बैशाख ९ गते समापन हुने भनिएको छ । यद्यपी थपिन् पनि सक्छ । अभियानले हामीलाई धेरै ठूलो उपलब्धी भएको महशुस गरेका छौं । पहिलो कुरा त तल्लो तहदेखिकै पार्टी कार्यकर्तालाई जागरुक बनाएको छ । सक्रियता बढेको छ । अभियानकै क्रममा हामीले वडा तहको अधिवेशन समेत सम्पन्न गरेका छौं । प्रत्यक्ष रुपमा विकास निर्माणका काममा हामीलाई पनि सहभागिता गराइयोस् भन्ने जनधारणा छ । बिर्तामोडमा खानेपानीको ठूलो समस्या छ । बजार एरियामा खानेपानी वितरण भएपनि सुकुम्बासी बस्तीमा पानी पुगेको छैन । झण्डै २०/२२ हजार मानिसहरु खानेपानीको पहुँच बाहिर छन् । उनीहरुले विकासका रुपमा खानेपानी बुझेका छन् ।
अर्को कुरा पार्टीको नेतृत्वमा भएकाहरुको मात्रै मिटिङ बैठक भइरहने तल्लो तहका कार्यकर्ताले पत्र पत्रिका मार्फत थाहा पाउँदा कार्यकर्ता पनि असन्तुष्ट छन् । यो अभियानले कार्यकर्ताले नेतृत्वसंगको चित्त नबुझेको कुरा स्पष्ट राख्न सक्ने वातावरण छ । स्थानीय ठाउँमा प्रतिनिधि खटाउँदा कोही पनि स्थानीय छ । विकास निर्माणका काममा पनि जनताले दिएका सुझावहरु राखेका छन् । ती सुझावलाई संकलन गरेर पार्टी सुदृढीकरणका लागि दस्तावेजीकरण हुनेछन् । विकास निर्माणका लागि पनि गर्न सकिने कामहरु त्यहीबाट समाधान गरिएका छ ।
नेतृत्वप्रति आक्रोश कस्तो छ ?
नेतृत्वप्रति विभिन्न कारणले आक्रोश छ । जनताको घरमा नेताहरु नपुग्ने, माथीबाट गुट बनाउने क्रमले नेताहरु समस्यामा पनि छन् । विकास निर्माण, नेतृत्व निर्माण र पार्टी निर्माणका क्रममा देखिएका कमी कमजोरीबाट जनता आक्रोशित छन् । नेतृत्वको कार्यशैलीको विषय लिएर आक्रोश पोखिएका छन् ।
अरु पार्टीका मानिसहरु पनि जोडिएकी जोडिएनन् ?
हाम्रो पार्टीमा अरु पार्टीका नेता कार्यकर्ता आएर शुभेच्छा पनि प्रकट गरेका छन् । यो अभियान अर्को पार्टी भत्काउने भन्दा पनि हाम्रो पार्टी अरुमा जोड्ने हो । जोड्ने क्रममा त सधैं रहन्छ । जहाँ स्वतन्त्र छन् त्यहाँ हामीसंग जोडिएका छन् । जोडिनुका कारण विभिन्न छन्, संघीय सरकार हामीसंग नभएपनि सभामुख यसै क्षेत्रको हुनुहुन्छ । स्थानीय सरकारमा हाम्रै साथीहरु हुनुहुन्छ, प्रदेश सरकार पनि हाम्रै हातमा छ, संघीय सरकार नभएपनि सभामुख यही क्षेत्रको हुनुहुन्छ त्यसकारण पनि हामी माथि जनताको आशा र भरोसा धेरै छ । हामीले कामको डेलीभरी दिन सक्छौं भन्नेमा उहाँहरु आशावादी हुनुहुन्छ र दिनुपनि पर्छ ।
भावी पुस्ता राजनीतिको झण्डा बोक्न आउला ? के देख्नु हुन्छ ?
हाम्रो पार्टीमा युवा विद्यार्थी भन्दा पनि अहिलेको सन्दर्भमा अखिल नेपाल महिला संघका कारण पार्टी मजबुत छ । विर्तामोडको सन्दर्भमा पनि त्यही हो । पछिल्लो चरणमा युवा र विद्यार्थीको उपस्थिति कम भएको महशुस भएको छ । यद्यपी स्ववियु निर्वाचनलाई हेर्ने हो भने अनेरास्ववियु नै पहिलो भएको छ । तर, पहिलेको भन्दा अहिले कम भएको पार्टीले महशुस गरेको छ । मिसन ग्रास रुट सकिएपछि युवा विद्यार्थीलाई जोड्ने रणनीति पार्टी अवश्य ल्याउने छ । युवा विद्यार्थीको सहभागिता भएन भने पार्टी दर्विलो हुँदैन भन्ने पार्टीले बुझेको छ । पार्टीमा नजोडिएर अन्यत्र जाने ठाउँ नै छैन । किनकी भोट हाल्नै पर्छ । मात्र नीति र विचार कुन पार्टीको मजबुत छ भन्ने मात्र हो । युवा पुस्ता पार्टीमा जोडिएका छन् । जुन कुरा अहिलेका स्वतन्त्र पार्टीहरुमा देखिएको छ । युवा पुस्तालाई त्यसले थप प्रोत्साहित बनाएको छ । यसले थप उत्साहित पनि बनाएको छ । र यी पुराना पार्टीले पनि तीन तरेलीका पुस्तालाई टिकट दिनुपर्छ भन्ने मलाई लाग्छ । किन भने हाम्रो पार्टीमा उठेका युवा पुस्ताका नेता कुनै पनि हारेका छैनन् । युवाहरुमा अरु पार्टीमा भन्दा हाम्रोमा धेरैमा राम्रो छ । तर, जति हुनुपथ्र्यों त्यति हुन सकेको छ्रैन । यसलाई सुधार गर्नकै लागि हामी लागि परेका छौं ।
राजनीति के हो ? के भईरहेको छ र कस्तो हुनुपर्छ ?
राजनीति नितान्त समाज सेवा हो । राजनीतिको अन्तिम मिसन भनेको राज्य सत्ता हो । तर राजनीतिमा लाग्ने को राज्य सत्तामा पुग्छ भन्ने थाहा हुँदैन । जसरी व्यापारमा म पैसा कमाउँछु, घर जोड्छु, जग्गा जोड्छु भन्ने हुन्छ । राजनीतिमा त्यो हुँदैन । राजनीतिमा परिस्थितिले सिर्जना गरेको हुन्छ । राजनीतिलाई धेरै मान्छेले पछिल्लो समय व्यवसायको रुपमा प्रोमोट गरेका छन् त्यो कारणले गर्दा जनताको राजनीतिप्रति वितृृष्णा पनि छ । व्यवसाय जति सजिलो राजनीतिमा छैन । परिस्थितिलाई सही व्यवस्थापन गर्न सकिएन भने राजनीति बालुवाको घर जस्तै हो कतिबेला ढल्छ थाहा हुँदैन । राजनीतिमा लोभ लालचले गर्दा समस्यामा परेको छ भन्ने कुरा हामी जस्ता युवाले थाहा पाइसकेका छौं । म त महिनामा एक÷ढेड लाख रुपैयाँ आम्दानी गर्न सक्ने क्षमता भएको मान्छे हो । मसंग थुप्रै सामाजिक क्षेत्रमा काम गरेको अनुभव छ । राजनीति गर्ने मान्छेलाई कसले कतिबेला के गर्दैछ भनेर सेकेन्ड सेकेन्डमा हेरिरहेको हुन्छ । म राजनीतिमा लाग्दा नगर अध्यक्ष हुँला भनेर लागेको होइन् । तर जे जिम्मेवारी पाएको छु त्यो इमान्दार पूर्वक पूरा गरेको छु ।
राजनीति र समाजसेवा कुन राम्रो रहेछ ?
राजनीति नै समाज सेवा हो । राजनीति र समाज सेवालाई छुट्यार कमाई खाने भाँडो बनाएर न हो । नभए समाज सेवा र राजनीति दुवै उस्तै हुन् । मात्र इमान्दारिताको खाँचो हो ।
अन्त्यमा ?
मानिसहरुमा नकारात्मक पन बढेको जस्तो लाग्छ । हरेक कुरालाई सकारात्मक दृष्टिले हेर्नुपर्छ भन्ने नै हो ।