अर्जुनधारा । लायन्स क्लव अफ बिर्तामोडका अध्यक्ष नम्रता ढकालको जन्मोत्सवको अवसर पारेर अर्जुनधारास्थित अपांग बाल सरोकार समाजमा आश्रित बालबालिकालाई खाद्यान्न तथा भाँडा, साबुन सर्फ लगायतका सामग्री वितरण गरिएको छ ।
संस्थाकी अध्यक्षता नम्रता रिजालको जन्मोत्सवको अवसर पारेर खाद्यान्न सहित दैनिक आवश्यकीय सामग्री वितरण गरिएको हो।
अर्जुनधारा नगर पालिका वडा नं ६ का वडाध्यक्ष हरिस बास्तोलाको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा वडाध्यक्ष बास्तोलाले सामाजिक रुपमा केन्द्र सञ्चालकले विश्वास जिते वडाको तर्फबाट हुने सहयोग गर्ने बताए । कार्यक्रममा नेपाल परिवार नियोजन संघका पूर्व अध्यक्ष दिपेन्द्र ढकाल, एबिसी नेपाल झापाकी अध्यक्ष कञ्चना ढकाल सिटौला, नारी सञ्चार गृह झापाकी अध्यक्ष रेजिना गौतम, प्रथम पाइला अभियानका अध्यक्ष मिनु ओेली लगायत मन्तव्य राखेका थिए ।
स्वागत तथा ओैचित्यमाथि उर्मिला खरेलले प्रकाश पारेकी थिइन् भने सञ्चालन सदिक्षा खरेलले गरेकी थिइन ।
संस्था सञ्चालनको १० वर्ष पुग्दा पनि संस्थाको टुङ्गो नलागेका कारण जीर्ण भवनमा बस्नु परेको भन्दै भवन निर्माणका लागि जमिन उपलब्ध गराउन वडाध्यक्षसंग आग्रह गरे ।
जन्मोत्सवमा नम्रताले गरिन अपाङ्ग बाल सरोकार केन्द्रलाई सहयोग
