Homeसमाचारनारी सञ्चार गृहकाे पद हस्तान्तरण , पुरस्कार वितरण र दाता सम्मान कार्यक्रम...

नारी सञ्चार गृहकाे पद हस्तान्तरण , पुरस्कार वितरण र दाता सम्मान कार्यक्रम सम्पन्न

बिर्तामोड । नारी संचार गृह झापाको चौथो अधिवेशनबाट निर्वाचित समितिलाई पदहस्तान्तरण, पुरस्कार वितरण, दाता सम्मान कार्यक्रम सम्पन्न गरेको छ ।
भीमा शिवाकोटीको अध्यक्षता तथा उद्योग, कृषि तथा सहकारी मन्त्री भक्तिप्रसाद सिटौलाको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्र ममा नारी सञ्चार गृहले यसवर्षदेखि वितरण शुरू गरेको
नारी संचार साधना सम्मान पत्रकारिता पुरस्कारबाट अग्रज पत्रकार साबित्रा दाहाल पुरस्कृत गरेको छ । उनलाई नगद १ लाख १ हजार १ सय रुपैयाँ र सम्मान पत्र प्रदान गरिएको थियो । नेपालको पहिलो महिला सम्पादक तथा राजनितीज्ञ साधना प्रधानको नामबाट स्थापित ुनारी संचार साधना सम्मान पत्रकारिता पुरस्कारु पहिलो पटक दाहाललाई प्रदान गरिएको हो । दाहाल झापाली महिला पत्रकारहरुको छाता संस्थाको रुपमा स्थापित संचार गृहको संस्थापक अध्यक्ष हुन ।
त्यस्तै युवा पत्रकारीता पुरस्कार शुष्मा राजवंशीलाई प्रदान गरिएको छ । राजवंशीलाई नगद २५ हजार र सम्मान पत्र प्रदान गरिएको थियो ।
युवा पत्रकारिता पुरस्कार महिलाको बिषयमा कलम चलाउने एक जना युवा पत्रकारलाई प्रोत्साहन गर्ने उद्देश्यले प्रदान गरिने नारी संचार गृह झापाकी निवर्तमान अध्यक्ष भिमा शिवाकोटीले जानकारी दिइन।
प्रत्येक दुई बर्षमा प्रदान गरिने यो पुरस्कार महिला तथा पुरुष पत्रकारलाई प्रदान गरिने उनले बताइन । उनका अनुसार नारी संचार साधना सम्मान पत्रकारिता पुरस्कार महिला पत्रकारलाई मात्र प्रदान गरिने छ ।
त्यसै गरी संस्थाले बहुउद्देश्यीय लक्ष्य राखेर स्थापना गरेको नारी सञ्चार प्रोत्साहन अक्षयकोषको बृद्विका लागि सहयोग गर्ने दाताहरूलाई सम्मानद्वारा सम्मान गरेको थियो ।
कार्यक्रममा प्रमुख अतिथि सिटौला, संघ विशेष अतिथि विर्तामोड नगरपालिका उपप्रमुख नगेन्द्र संग्रौला, नेपाल पत्रकार महासंघ प्रदेश अध्यक्ष लीलाबल्लभ घिमिरे, झापाका प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेल, दाताका तर्फबाट मिनप्रकाश मैनाली, सामाजिक संघ संस्थाका तर्फबाट कञ्चना ढकाल सिटौला, पुरष्कृत सावित्रा दाहाल लगायतले शुभकामना मन्तव्य राखेमा थिए । संचार गृहले कोषमा ३३ लाख रुपैयाँ जम्मा गरेको छ ।
भूमिका सुब्बाले सञ्चालन गरेको कार्यक्रममा स्वागत रेजिना गौतमले गरेको कार्यक्रममा पुरस्कृत प्रतिभाको घोषणा पूर्व अध्यक्ष अम्बिका भण्डारीले गरेकी थिइन भने निर्वाचित समितिको घोषणा ज्ञानेन्द्र निरौलाले गरेका थिए ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारनारी सञ्चार गृहकाे पद हस्तान्तरण , पुरस्कार वितरण र दाता सम्मान कार्यक्रम...
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img