HomeFeatured 2नेविसंघकाे स्थापना दिवसमा स्मृतिसभा र रक्तदान

नेविसंघकाे स्थापना दिवसमा स्मृतिसभा र रक्तदान

विर्तामोड । नेपाल विद्यार्थी संघ झापाले आफ्नो ५४ औं स्थापना दिवसको अवसर पारेर सहिद राजन गिरीको स्मृतिसभा एवं रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।
ने.वि.संघ स्थापना दिवस तथा शहीद राजन गिरीको १७ औं स्मृति दिवसको सन्दर्भ पारेर कनकाई–८ स्थित शहीद राजन गिरीको शालिकमा माल्यर्पण गर्दै स्मृतिसभा सम्पन्न भएको हो ।
सहिद राजन गिरी प्रतिष्ठानका अध्यक्ष लीलाबहादुर कटुवालको सभापतित्व तथा सहिद पिता राजन गिरीका पिता केदार समशेर गिरीको प्रमुख आतित्थ्यमा भएको कार्यक्रममा नेपाली कांग्रेस कोशी प्रदेश सदस्य रन्जिता कार्की, जिल्ला सचिव कृष्ण हुमागाई, क्षेत्रीय सभापति खगेन्द्र मैनाली, कनकाई नगर सभापति दुर्गा प्रसाईं, नेबिसंघ झापा अध्यक्ष संजय निरौला लगयतले मन्तब्य राख्नुभएको थियो । कार्यक्रमको संचालन गोकुल पौडेलले गर्नु भएको थियो ।
नेविसंघले आफ्नो स्थापना दिवसको अवसर पारेर नेविसंघ झापाले नेपाली कांग्रेस झापाको कार्यालयमा रत्तदान कार्यक्रम सम्पन्न गरेको छ ।
नेपाली कांग्रेस झापाका सचिव कृष्ण हुमागाईको प्रमुख आतिथ्य र सञ्जय निरौलाको सभापतित्वमा सम्पन्न कार्यक्रममा २९ पिन्ट रगत संकलन भएको थियो ।
कार्यक्रमको उद्घाटन गर्दै सचिव हुमागाईले नेपालको प्रजातान्त्रिक आन्दोलनमा विद्यार्थी र तरुणहरुको सहभागिता महत्वपूर्ण रहेको चर्चा गर्दै देशको भविष्य युवाकै काँधमा रहेको बताउनुभयो ।
कार्यक्रममा नेपाली कांग्रेस विर्तामोड नगर सभापति भोजराज सिटौला, नेपाल प्रेस युनियन झापा अध्यक्ष इन्दु पूर्वेली, उपाध्यक्ष गिरिराज भट्टराई, नेपाल पत्रकार महासंघ कोशी प्रदेश समिति सदस्य विष्णु सुब्बा, झापा सहसचिव अर्जुन राजवंशी, केन्द्रीय प्रतिनिधि ईश्वर अधिकारी, नेविसंघ झापाका पूर्व सभापति राजेन्द्र उप्रेती लगायतको उपस्थिति रहेको नेपाली कांग्रेस झापाका कार्यालय सचिव जयकुमार दाहालले जानकारी दिनुभयो । कार्यक्रममा स्वागत सञ्जय राईले गर्नुभएको थियो ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
Featured 2नेविसंघकाे स्थापना दिवसमा स्मृतिसभा र रक्तदान
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img