अर्जुनधारा । शुभतारा एजुकेसन फाउन्डेसन अर्जुनधारा १० को १४ औ बार्षिक उत्सब एवं अभिभावक दिवस आज सम्पन्न भएको छ ।
अर्जुनधारा नगरपालिकाका मेयर बलदेव गोम्देनको उपस्तिथि तथा वडा नम्बर १० का वडाध्यक्ष भुपेन्द्र न्यौपानेको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा प्रेस युनियन झापाका अध्यक्ष इन्दु पूर्वेली, प्याब्सन अर्जुनधाराका अध्यक्ष रुद्र सिटौला, कालिका बहुउद्देश्यीय सहकारी सस्थाका अध्यक्ष कर्णबहादुर तामाङ, कालीस्थान बौद्ध गुम्बाका अध्यक्ष सन्त तामाङ, कालिकापीठका सल्लाहकार पर्शुराम कटुवाल लगायतले शुभकामना मन्तब्य राखेका थिए ।
बिमल हुमागाइको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बर्षोत्कृष्ट बिद्यार्थी अभियाना गोम्देन, स्कुल क्याप्टेन आलोक अधिकारी, सहायक स्कुल क्याप्टेन आहाना बस्नेतलाई सम्मान गरिएको थियो । माया बुढाथोकीले स्वागत एवं कमल राय र रमेश रिजालले संयुक्त रुपमा संचालन गर्नुभएको कार्यक्रममा बिध्यार्थीहरुले नाच, गीत, कविता लगायतका मनोरञ्जनात्मक प्रस्तुति प्रस्तुत गरेका थिए ।
शुभतारा एजुकेसन फाउन्डेसनको १४ औं बार्षिकोत्सव सम्पन्न

































































































