Homeमहिलानेपालमा महिला सशक्तिकरण

नेपालमा महिला सशक्तिकरण

गोेमा भट्टराई
अन्तराष्ट्रिय नारी दिवश प्रत्येक वर्ष मार्च ८ मा मनाउने गरिन्छ । यसको इतिहास सन् १९०८ देखि शुरु भएको हो । क्लारा जेटकिन नामक एक जर्मनी महिलाबाट नै महिला आन्दोलनको सुरुवात भएको हो । दुई श्रमिक महिलाहरुलाई समान ज्यालादारीका विषयलाई लिइएको आन्दोलनको फलस्वरुप महिलाहरुलाई राजनीतिमा सहभागि हुन थालेको इतिास छ । सन् १९१० को कोपन हेगन (डेनमार्क) मा भएको महिलाहरुको सम्मेलनले हरेक वर्ष मार्च–८ मा अन्तराष्ट्रिय नारी दिवस मनाउँदै आइएको छ ।
नेपालमा महिला र पुरुषको अवस्था बराबरी छैन । पुरुषको तुलनामा महिलाको हरेक क्षेत्रहरु सामाजिक, आर्थिक, शैक्षिक, प्रशासनिक, राजनीतिक लगायत अन्य क्षेत्रहरुमा महिलाहरुको सहभागिता एकदमै न्यून छ । बुल जनसंख्याको ५१.८ प्रतिशत हिस्सा ओगटेका महिलाहरुको सहभागिता किन हरेक क्षेत्रमा कम देखिन्छ ? यो गहन प्रश्न हो । अध्ययनको विषय हो । हरेक क्षेत्रहरुमा महिलाहरुका समान सहभागिताका लागि महिला आफैं सक्षम हुन जरुरी छ । विश्व इतिहासलाई हेर्ने हो भने नेपालमा शिक्षाको प्रारम्भ धेरै ढिलो भएको हो ।
त्यसमा पनि महिलाहरुले शिक्षाबाट लामो समयसम्म पछाडि पर्नुपर्यो । २००७ सालसम्ममा नेपालमा सामान्य लेखपढ गर्नेको संख्या नगन्य थियो । त्यसमा पनि महिलाको स्थिति कस्तो थियो होला । महिलाहरुलाई धर, धन्दा, छोरा–छोरी हुर्काउने जिम्मेवारी थियो । छोरीहरुले पढ्यो भने पोइला जान्छन् भन्ने गलत सोचबाट हुर्केको नेपाली समाजमा त्यसै पनि महिलाहरु पछाडि पर्ने नै भए । शिक्षाबाट बञ्चित भएपछि अन्य अवसरका ढोकाहरु आँफै बन्द हुँदै जान्छन् । महिलाहरुको सम्पत्तिमाथि अधिकार र रोजगारीका लागि उनीहरुको सहभागिता एकदमै न्यून अवस्थामा थियो । समाज परिवर्तन हुन धेरै लामो संघर्ष, बलिदान र योगदान हुन जरुरी छ ।
आज पनि समाजमा पुरुष, महिला बराबरी भनेता पनि व्यवहारमा बराबरी हुन सकेको छ्रन । महिलाहरुले सामाजिक मान्यता र प्रजनन्को हिस्साले गर्दा उनीहरुले सम्पूर्ण समय आफ्नो उन्नतीमा लगाउन कठिनाईै छ । महिलाहरु घरका कुचो, दैलो,अँगेनो कृषिको काममा महिलाहरुको सहभागिता ज्यादै छ । यस्ता प्रकारका कामको कुनै मूल्य तोकिदैन । मूल्य अथवा भनौ यस्ता कामको पारिश्रमिक पनि छैन । त्यसैले १८ घण्टा काम गरेता पनि सामान दृष्टिले सामाजले महिलाहरुलाई अझै हेरेको छैन ।
समाज परिवर्तन संगसंगै महिलाहरुका हरेक पक्षहरुमा केही सुधार भएका छन् । अहिले महिलाहरुका आवाजहरु पनि उठ्न थालेका छन् । महिलाहरुले पनि आफूलाई अब्बल बनाउदै आइरहेका छन् । नेपालको संविधान २०७२ ले महिलाहरुलाई थप अधिकारहरु प्रदान गरेको छ । स्थानिय तहमा प्रमुख वा उपप्रमुख मध्ये १ महिला अनिवार्य, स्थानीय तहमा ४० प्रतिशत महिलाहरुको प्रतिनिधित्व अनिवार्य छ ।
प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा प्रत्यक्ष र समानुपातिक दुवैमा समावेश गरी बन्द सूची तयार गर्दा संघीय र प्रदेश सभामा कूल प्रतिनिधि सदस्यको एकतिहाई महिला अनिवार्य छ । प्रतिनिधिसभामा सभामुख वा उपसभामुखमा एक महिला अनिवार्य छ । त्यस्तै त्यस्तै महिलामैत्री संविधान निर्माण गरी महिलाहरुको राजनीतिमा बराबरी हिस्सा कायम भएका छन् । यी महिला सशक्तिकरणका अनुपम उदाहरणहरु हुन् । अन्य सबै क्षेत्रमा महिलाहरु सहभागिता बृद्धि भएपनि आर्थिक पक्षका सवालमा महिलाहरुको उल्लेख्य उपस्थिति हुन सकेको छैन ।
जबसम्म महिलाहरु आर्थिक सशक्तिकरण हुन सक्दैनन् उनीहरुको सर्वाङ्गिण विकास पनि हुँदैन । अहिले महिलाहरु सेवा मुलक व्यापार होटल, होमस्टे, पर्यटन प्रवद्र्धन, व्यवसायिक कृषि, स–साना उद्योगहरुमा महिलाहरुको सहभागिता बृद्धि भएको छ । पुरुषको तुलनामा महिलाहरु आर्थिक कारोबारमा ३४ प्रतिशत मात्र सहभागि छन् । ब्यापार, उद्योग, कलकारखानामा महिलाहरुको सहभागिता एकदमै न्यून छ । सेवामुलक ब्यापारमा महिलाको सहभागिता ज्यादै छ । यसलाई अझै प्रवद्र्धन गरी महिलालाई आर्थिक उपार्जनमा बढाउन सके मात्र महिलाको चौतर्फी विकाश हुन्छ । महिलालाई आर्थिक, उपार्जन गर्न उनीहरुकाृ सिपमा बृद्धि गर्नु जरुरी देखिन्छ । सार्थ बस्तुको बजारीकरण गर्नु जरुरी देखिन्छ ।
अन्त्यमा, सम्पूर्ण दिदीबहिनीहरुलाई अन्तर्राष्ट्रिय श्रमिक दिवशको शुभकामना व्यक्त गर्दछु । ‘समानताको बलियो आधार ः सिर्जनात्मक लैंङ्गिक प्रविधिमा महिलाको पहुँच विस्तार’ नारा सार्थक बनोस् सबैमा शुभकामना ।
लेखक उद्यमी हुनुहुन्छ ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
महिलानेपालमा महिला सशक्तिकरण
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img