बिर्तामोड । छाला हुने स्वास्थ्य समस्याको उपचार गर्ने उद्देश्यले झापाको बिर्तामोडमा डेल्फी स्कीन क्लिनिक सञ्चालनमा आएको छ ।
क्लिनिकको आज एक कार्यक्रमका बीच बिर्तामोड नगरपालिकाकी नगरप्रमुख पवित्रा महतरा प्रसाईंले उद्घाटन गरिन। उद्घाटनपछि शुभकामना मन्तव्य राख्दै नगर प्रमुख प्रसाईँले नगरमै छालासम्बन्धी उपचारका लागि क्लिनिक सञ्चालनमा आउनु सुखद भएको बताउँदै बिरामीलाई सर्वसुलभ र गुणस्तरीय सेवा प्रवाह गर्न आग्रह गरिन्।
क्लिनिकबाट छालासम्बन्धी सम्पूर्ण रोगको उपचार हुने क्लिनिककी डा. रिती आचार्यले जानकारी दिइन्। ‘यहाँबाट ओपीडीसहित समान्य सेवा प्रवाह हुन्छ’, उनको, ‘थप उपचारका लागि दमकको अस्पतालमा पठाउँछौं ।’
बिर्तामोडमा क्लिनिक सञ्चालनमा आएसँगै अब अन्यत्र धाउनुपर्ने बाध्यता हटेको छ । दमकस्थित डेल्फी स्कीन केयर अस्पतालमा नेपालसँगै भारतको सिक्किम, दार्जिलिङ, बंगाल लगायतका स्थानबाट दैनिक ५० देखि ८० जना बिरामी उपचारका लागि आउने गरेको डा. आचार्यले बताए।
पूर्वको बिरामीको अत्याधिक माग भएकाले क्लिनिक सञ्चालनमा ल्याइएको जनाइएको छ । दमकस्थित अस्पतालमा डा. दिपायन पाण्डेले सेवा दिइरहेका छन् । क्लिनिकमा डा. आचार्यसहित चारजनाले सेवा दिनेछन् ।
अब छाला सम्बन्धी बिर्तामोडमै उपचार हुने

































































































