Homeसमाचारनागरिकता विधेयक, एमसीसी परियोजनाले नेपाललाई तहस नहस पार्छ–बराल

नागरिकता विधेयक, एमसीसी परियोजनाले नेपाललाई तहस नहस पार्छ–बराल

बिर्तामोड । नेपाल हिन्दूराष्ट पुर्नस्थापना मञ्चका अध्यक्ष डा. विष्णुप्रसाद बरालले नेपाललाई विदेशीको हस्तक्षेपबाट मुक्त गराउनु पर्ने बताएका छन् ।
नेपाल हिन्दूराष्ट पुर्नस्थापना मञ्चले बिर्तामोडमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै विश्व मानव अधिकार संरक्षण आयोगका उपाध्यक्ष समेत रहेका डा. बरालले विदेशी हस्तक्षेत्रका कारण मुलुकमा अस्थिरता बढेर गएको भन्दै चिन्ता व्यक्त गरे । उनले नेपाल हिन्दूराज्य नभएसंम विदेशीले धर्मका नाममा चलखेल गरिरहने र कुनै न कुनै बहानामा नेपाल र नेपालीको स्वाधीनतामाथि विभिन्न खाले गतिविधि गर्दै मुलुकलाई अस्थिरता तर्फ धकेलिरहने बताए ।
विदेशीको हस्तक्षेत्रकै कारण कुनै पनि नेपालीलाई मुलुकमा आत्मनिर्भर बन्न नदिने र यहाँका युवालाई रोजगारीका नाममा विदेश पठाएर विदेशी नागरिकले यहाँ राज गर्ने उनको आरोप छ ।
नागरिकता विधेयक, एमसीसी जस्ता परियोजनाले नेपाललाई अझ तहस नहस पार्ने उनको भनाई छ । नागरिकता विधेयक नेपालीको हित विपरित रहेको बरालको भनाई छ ।
पत्रकार सम्मेलनमा नेपाल हिन्दूराष्ट पुर्नस्थापना मञ्चका भारत अध्यक्ष दीपमाला तामाङ, नेपाल अध्यक्ष अभय राजवंशी, नेपाल हिन्दूराष्ट पुर्नस्थापन मञ्च भारतको इष्ट रिजनका अध्यक्ष प्रणव राजवंशीले समेत आ–आफ्नो धारणा राखेका थिए ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारनागरिकता विधेयक, एमसीसी परियोजनाले नेपाललाई तहस नहस पार्छ–बराल
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img