झापा । नारी दिवसको अवसर पारेर बिगतमा झै यो वर्ष पनि वीरता लेडी जेसीजले उत्कृष्ट नारी सम्मान गर्ने भएको छ ।
संस्थाको स्थापना कालदेखि नै नारी दिवसको अवसरमा महिलाहरुलाई सम्मान गर्दै आएको लेडी जेसीजले तीन वर्षयता उत्कृष्ट नारी सम्मान लागि यो वर्ष प्राविधिक क्षेत्र रोजेको छ ।
बिर्तामोड स्थित अन्तराष्ट्रिय औद्योगिक ब्यापार महोत्सव परिसरमा शुक्रबार पत्रकार सम्मेलनको आयोजना गर्दै सम्मानित क्षेत्रबारे जानकारी गराएको हो ।
लेडी जेसीजको नेतृत्व गरिसकेका पूर्व अध्यक्ष क्लबको सक्रियतामा गरिने उत्कृष्ट नारी सम्मान कार्यक्रम आउँदो फागुन १८ गते विशेष कार्यक्रमका बीच सम्मान गर्न लागिएको हो ।
यस वर्ष प्रथम झापाली महिला पाइलटलाई सम्मान गर्ने निर्णय भएको वीरता लेडी जेसीज उत्कृष्ट नारी सम्मान कार्यक्रमकी पूर्वअध्यक्ष क्लबकी अध्यक्ष सुब्बाले जानकारी दिइन् ।
सम्मानित व्यक्तिको नाम सम्मान कार्यक्रममै घोषणा गरिने जेसीजको चलन अनुसार हाल नामलाई गोप्य राखिएको छनौट समितिकी संयोजक लीला अनमोलले बताइन् । समितिमा वीरता जेसीजका पूर्वअध्यक्ष शेखर ढकाल, मेची क्याम्पसकी प्राध्यापक गायत्री सुवेदी सदस्य रहेको उत्कृष्ट नारी छनौट समितिले यस पटक प्राविधिक तर्फकी महिलालाई छनौट गरेको बताइएको छ ।
वीरता लेडी जेसीजले सन २०२१ देखि बृहत रुपमा उत्कृष्ट नारी सम्मान कार्यक्रमको थालनी गरेको हो । यस अघि सन् २०२१ मा समाजसेवी, राजनीतिज्ञ गिरीराजकुमारी प्रसाईँ, २०२२ मा शिक्षा विधामा झापाको पहिलो महिला प्रधानाध्यापक प्रभा घिमिरेलाई सम्मान गरिएको थियो ।
सामाजिक, राजनीतिक, व्यापार–व्यवसाय, उद्यमी, प्राविधिक, स्वास्थ्य, शिक्षा, खेलकुद, सांगीतिक, कला, साहित्य, प्रशासनिकलगायत क्षेत्रमा आवद्ध महिलाहरूलाई वीरता लेडी जेसीजले सम्मान गर्दै आएको र सोही विधाहरु मध्ये यस वर्ष प्राविधिक विधाकी उत्कृष्ट नारीलाई सम्मान गरिने वीरता लेडी जेसीजकी अध्यक्ष संगीता गिरीले जानकारी दिइन् ।
पूर्व अध्यक्ष सुब्बाको अध्यक्षतामा आयोजित पत्रकार भेटघाट कार्यक्रममा नेपाल जेसीजकी रााष्ट्रिय उपाध्यक्ष एवम् वीरता लेडी जेसीजकी निवर्तमान अध्यक्ष स्वस्तिका आचार्यले औचित्यमाथि प्रकाश पारेको कार्यक्रममा उत्कृष्ट नागरिक सम्मानलाई अझ ब्यापक बनाइने बताइन् ।
फागुन १८ गते हुने कार्यक्रममा प्रमुख अतिथीको रुपमा उपसभामुख इन्दिरा रानामगर आउने बताइएको छ । राना झापाली चेली भएको सामाजिक क्षेत्रमा पु¥याएको योगदानको समेत सम्मान गर्दै सामािजक क्षेत्रकै व्यक्तिलाई प्रमुख अतिथीको रुपमा आमन्त्रण गरेको बताइएको छ ।
वीरता लेडी जेसीजकी अध्यक्ष संगीता गिरीले स्वागत गरेको कार्यक्रमको सञ्चालन निवर्तमान अध्यक्ष संगीता चिमरियाले गरेकी थिइन् ।
वीरता लेडी जेसीजको उत्कृष्ट नारी सम्मान महिला पाइलटलाई

































































































