Homeसमाचारवित्तीय स्थिरताका लागि जोखिम व्यवस्थापन सम्बन्धी तालिम समापन तथा छात्रबृत्ती वितरण

वित्तीय स्थिरताका लागि जोखिम व्यवस्थापन सम्बन्धी तालिम समापन तथा छात्रबृत्ती वितरण

बिर्तामोड । जिल्ला सहकारी संघ झापाले सप्ताहब्यापी वित्तीय स्थिरताका लागि जोखिम व्यवस्थापन सम्बन्धी तालिमको बिहीबार आयोजित एक कार्यक्रमका बीच समापन तथा छात्रबृत्ती वितरण गरेको छ ।
संस्थाका अध्यक्ष गणेश ढकालको अध्यक्षता तथा प्रदेश–१ का कृषि उद्योग तथा सहकारी मन्त्री भक्ति सिटौलाको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा जिल्ला सहकारी संघ, झापाली समाज युएसए र अन्तराष्ट्रिय झापाली समाजको सहकार्यमा छात्रबृत्ती वितरण गरिएको हो ।
सामुदायिक विद्यालयमा पढ्ने विपन्न तथा जेहेन्दार विद्यार्थीलाई पढाईमा सहयोग पुगोस् भन्ने उद्देश्यले यसैवर्षदेखि शुरु गरिएको छात्रबृत्ती वितरण कार्यक्रम अन्तरगत बिहीबार दोस्रो चरणको छात्रबृत्ती वितरण गरिएको संघका कर्मचारी सञ्जय ढकालले जानकारी दिए ।
जिल्ला सहकारी संघ, झापाली समाज युएसए र अन्तराष्ट्रिय झापाली समाजको सहकार्यमा पहिलो वर्ष झापाका ६६ जना विद्यार्थीलाई जनही २१ हजारका दरले छात्रबृत्ती प्रदान गरिएको बताइएको छ ।
देशभर आर्थिक मन्दी भइरहेका बेला झापा जिल्ला सहकारी संघले जिल्लामा सञ्चालित सहकारीका सञ्चालक तथा व्यवस्थापकलाई तालिम दिएको हो । नेफ्स्कुनका पूर्व कोषाध्यक्ष केशव पोखरेलले सहजीकरण गरेको तालिम समापन कार्यक्रममा स्वागत उपाध्यक्ष चम्पा खनालले गरेकी थिइनु भने सञ्चालन कृष्ण मिश्रले गरेका थिए ।
कार्यक्रममा प्रमुख अतिथि मन्त्री सिटौलाले शिक्षा र स्वास्थ्य क्षेत्र अत्यन्तै गम्भिर र जटिल विषय रहेको बताउँदै सामुदायिक विद्यालयमा अध्यापन गर्ने शिक्षकहरुले शिक्षामा गुणस्तर ल्याउनु पर्ने धारणा राखे । झापाका सहकारी संस्थाले अरु जिल्लाका लागि पनि उदाहरण हुने गरी काम गर्नुपर्नेमा जोड दिंदै मन्त्री सिटौलाले केही गलत मानसिकता भएका कारण सहकारी क्षेत्र बद्नाम भएको बताए ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारवित्तीय स्थिरताका लागि जोखिम व्यवस्थापन सम्बन्धी तालिम समापन तथा छात्रबृत्ती वितरण
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img