बिर्तामोड उद्योग बाणिज्य संघकाे आयाेजनामा यही २०७९ फागुन ५ देखि १५ सम्म सञ्चालन हुने बिर्तामोड अन्तर्राष्ट्रिय ओैद्याेगिक ब्यापार महाेत्सवलाई भब्य र सभ्य रूपमा सम्पन्न गर्न विभिन्न पक्षसंग छलफल र परामर्श जारी राखेकाे छ ।
साेही क्रममा शनिवार कम्प्युटर एशाेसिएसन नेपाल र नेपाल ईन्जिनियर्स एशाेसिएसनका प्रतिनिधिहरुसंग छलफल तथा परामर्श गरेकाे छ ।
बिर्तामोड उद्योग बाणिज्य संघकाे आयाेजनामा सम्पन्न कार्यक्रममा सहभागीहरूले मेलालाई सूचना र प्रविधिकाे प्रयाेग सहज बनाउनु पर्ने बताए । मेलालाई सफल बनाउन प्रविधिको प्रयाेग र सूचना प्रवाहकाे भूमिका महत्वपूर्ण रहने उल्लेख गर्दै प्रविधि फ्रेन्डिली बनाउनु पर्नेमा जाेड दिए ।
अन्तरक्रिया मेला संयाेजक राजु न्याैपानेकाे संयाेजकत्वमा सम्पन्न भएकाे सचिव कुशल खतिवडाले जानकारी दिए ।
बिर्तामोड महाेत्सव : कम्प्युटर एशाेसिएसन र नेपाल ईन्जिनियर्स एशाेसिएसनसंग छलफल

































































































