भद्रपुर । भद्रपुर जेसीजको ४७ औं पद हस्तान्तरण तथा उत्कृष्ट नागरिक सम्मान भव्य रूपमा सम्पन्न गरिएको छ ।
भद्रपुर जेसीजका सन् २०२२ का अध्यक्ष मनोज भट्टराइको अध्यक्षता तथा उपप्रधान तथा उर्जामन्त्री राजेन्द्रप्रसाद लिङ्देनको प्रमुख आतिथ्यमा ४७ औं पद हस्तान्तरण गरिएको हो ।
सन् २०२२ का अध्यक्ष मनोज भट्टराइले सन् २०२३ का अध्यक्ष युवराज न्यौपानेलाई माइनट बुक र गलाको चेन प्रदान गर्दै जिम्मेवारी हस्तानतरण गरेका थिए ।
भाषासेवी चुडामणि रेग्मीलाई उत्कृष्ट नागरिक सम्मान गरिएको कार्यक्रममा प्रदेश सांसद छविलाल चुडाल, भद्रपुर नगर प्रमुख गणेश पोखरेल, पूर्व नगर प्रमुख जीवनकुमार श्रेष्ठ लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
भद्रपुर जेसीजको पद हस्तान्तरण

































































































