Homeसमाचारअन्तराष्ट्रिय औद्योगिक ब्यापार महोत्सव सफल बनाउन सबै एकजुट हुनुपर्ने

अन्तराष्ट्रिय औद्योगिक ब्यापार महोत्सव सफल बनाउन सबै एकजुट हुनुपर्ने

झापाको बिर्तामोडमा आगामी फागुन ५ गतेबाट शुरु हुने अन्तराष्ट्रिय औद्योगिक ब्यापार महोत्सवलाई सफल बनाउन सबै पक्ष एकजुट भएर लाग्नुपर्नेमा जोड दिइएको छ ।
वीरता लेडी जेसीजले आयोजना गरेको अन्तराष्ट्रिय व्यापार महोत्सव विश्लेषण कार्यक्रममा विभिन्न सामाजिक कार्यमा सक्रिय महिला तथा महोत्सव आयोजक बीच भएको अन्तरक्रिया कार्यक्रममा सहभागि वक्ताहरुले महोत्सवलाई सबै तहबाट सहयोग गर्ने प्रतिवद्धता जनाए ।
बिर्तामोड उद्योग वाणिज्य संघसँग आवश्यक समन्वय र सहकार्यका विषयमा छलफलमा लेडी जेसीजलाई पनि महोत्सवमा केही भूमिका दिन आग्रह गरिएको थियो ।
कार्यक्रमका प्रमुख अतिथी समेत रहेका नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश १ का अध्यक्ष टीकाराज ढकालले बढ्दो आर्थिक संकटका कारण उद्योग व्यवसाय धरासायी भएको बताए । ‘‘विग हाउस’ लाई समस्या नभए पनि साना उद्योगी व्यवसायी मारमा परेको भन्दै महोत्सवले आर्थिक क्षेत्रलाई चलायमान सहयोग गर्ने विश्वास ब्यक्त गरे ।
औद्योगिक विकासको अवधारणालाई आत्मसात गर्ने राजनीतिक नेतृत्वको अभाव रहेको जनाउँदै कर्मचारीतन्त्रले पनि पन्छिने काम मात्रै गर्दा अहिले आर्थिक क्षेत्रमा समस्या पैदा भएको उल्लेख गरे ।
सो अवसरमा प्रदेश १ का सदस्य कुमार भट्टराईले वीरता लेडी जेसीजले महोत्सव सफल बनाउने विषयमा लिएको आग्रसरताको प्रशंसा गरे । बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष प्रकाश शिवाकोटीले महोत्सव प्रदेश–१ कै गौरव भएको बताउँदै सफल बनाउन सबै पक्षले हातेमालो गर्नुपर्ने विचार ब्यक्त गरे । उनले अन्तराष्ट्रिय महोत्सव सफल बनाउनु सबैको दायित्व भएको उल्लेख गरे ।
कार्यक्रममा उद्योग वाणिज्य संघ अन्तरगतको महिला उद्यमी संघकी अध्यक्ष तिलोत्तमा खत्री, शिक्षा बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष सुब्रत न्यौपाने, नारी सञ्चार गृहकी अध्यक्ष भीमा शिवाकोटी, लेडी जेसीजकी पूर्व अध्यक्ष सुष्मा भण्डारी, महिला चेम्वर अफ कमर्श झापाकी अध्यक्ष प्रेमा भट्टराई, सूर्योदय टेलिभिजनकी प्रवन्ध निर्देशक विष्णु मैनाली, रेडियो विराटकी प्रवन्ध निर्देशक लीला अनमोल लगायतले बोलेका थिए ।
लेडी जेसीजकी अध्यक्ष संगीता गिरीले बिर्तामोडका लागि अन्तर्राष्ट्रिय औद्योगिक महोत्सव गौरवको विषय भएको बताउँदै यसलाई सफल पार्ने दायित्व पूरा गर्न आफ्नो नेतृत्व तयार भएको बताइन् ।
महोत्सवमा सामाजिक अभियानका कार्यक्रमलाई समावेश गरेर लैजाने र त्यसको दायित्व संस्थाले निर्वाह गर्ने अध्यक्ष गिरीको प्रस्ताव छ । महोत्सव मूल आयोजक समितिका संयोजक एवम् विर्तामोड उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष राजु न्यौपानेले देशव्यापी आर्थिक संकट र मन्दीका बीच व्यवसायिक क्षेत्रको विकासका लागि महोत्सव आयोजना गर्न लागिएको बताए । महोत्सवमा २५० वटा स्टल रहने व्यवस्था गरिएको छ । तीन लाख दर्शकले महोत्सव अवलोकन गर्ने अनुमान गरिएको छ । महोत्सवले प्रदेश–१ कै आर्थिक क्षेत्रलाई चलायमान बनाउन सहयोग पुग्ने विश्वास लिएको न्यौपानेले बताए ।
महोत्सवका लागि संघले बिर्तामोडको रामचोक नजिक राजमार्गसँग जोडिएको खालीस्थान छनोट गरेको छ । संयोजक न्यौपानेले महोत्सवमा भारत, बंगलादेश र पाकिस्तानका उद्यमी पनि सहभागी हुने बताए ।
लेडी जेसीजकी महासचिव निशा शाक्यले सञ्चालन गरेको कार्यक्रममा कार्यकारिणी उपाध्यक्ष मेनुका ओलीले स्वागत मन्तव्य राखेकी थिइन् । लेडी जेसीजकी निवर्तमान अध्यक्ष संगीता चिमरियाले कार्यक्रमको औचित्यमाथि प्रकाश पारेकी थिइन् । मुना ढुंगेलले आस्था बाचन गरेको कार्यक्रममा प्रभा रायमाझीले थिम बाचन गरेकी थिइन् ।
सोही अवसरमा बिर्तामोड यद्योग वाणिज्य संघले वीरता लेडी जेसीज सन् २०२३ की अध्यक्ष संगीता गिरी र नेपाल जेसीजकी राष्ट्रिय उपाध्यक्ष स्वस्तिका आचार्यलाई सम्मान गरेको थियो ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारअन्तराष्ट्रिय औद्योगिक ब्यापार महोत्सव सफल बनाउन सबै एकजुट हुनुपर्ने
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img