Homeसमाचारजयेन्द्रप्रसाद प्रसाई साहित्य सेवा कोषद्वारा पुरस्कृत कृति तथा प्रतिभा छनौट

जयेन्द्रप्रसाद प्रसाई साहित्य सेवा कोषद्वारा पुरस्कृत कृति तथा प्रतिभा छनौट

झापा । जयेन्द्रप्रसाद प्रसाई साहित्य सेवा कोषले पुरस्कृत कृति तथा प्रतिभा छनौट गरेको छ । कोषका अध्यक्ष गोपीकृष्ण प्रसाईको अध्यक्षतामा बुधबार बसेको बैठकले २०७८ सालमा प्रकाशित कृतिहरु मध्येबाट बसन्त बस्नेतद्वारा लिखित ‘महाभारा’ लाई बर्षोत्कृष्ट कृतिका रुपमा छनौट गरेको छ ।
त्यस्तै विष्णुचन्द्र पद्मा बिशेष प्रतिभा पुरस्कार कलाकार तथा पूर्व प्राज्ञ पवन राजवंशीलाई प्रदान गर्ने निर्णय गरेको बैठकले धनमाया सक्रिय महिला पत्रकारिता पुरस्कारबाट ग्यालेक्सी टेलिभिजनमा कार्यरत सिर्जना घिमिरेलाई प्रदान गर्ने छनौट समितिको निर्णयलाई बैठकले अनुमोदन गरेको छ ।
पुरस्कारको राशी जनही २५ हजार नगदसहित सम्मान पत्र रहेको संस्थाका महासचिव छविलाल खतिवडाले जानकारी दिए ।
त्यसैगरी यसैवर्षदेखि स्थापना गरिएको फरक क्षमता (अपाङ्गता) भएका व्यक्तिलाई प्रदान गरिने पुरस्कारबाट दृष्टिबिहिन शिक्षक चन्द्रप्रसाद भट्टराईलाई प्रदान गर्ने निर्णय गरेको हो । यसैवर्षदेखि वितरण गर्न लागिएको फरक क्षमता भएका व्यक्तिलाई प्रदान गरिने पुरस्कारको राशी नगद ११ हजारसहित सम्मान पत्र रहेको छ ।
उत्कृष्ट कृति तथा प्रतिभा छनौटका लागि कृतितर्फ कोषका उपाध्यक्ष विष्णुकुमार भट्टराईको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरिएको थियो भने बिष्णुचन्द्रमपद्मा बिशेष प्रतिभा पुरस्कारका छनौटका लागि कोषका अध्यक्ष प्रसाई संयोजक रहेको समिति तथा धनमाया सक्रिय महिला पत्रकारिता पुरस्कार छनौटका लागि लोकराज ढकाल र फरक क्षमता भएका व्यक्तिका लागि प्रदान गरिने पुरस्कार छनौटका लागि खिलप्रसाद शिवाकोटीको संयोजकत्व गठित समितिले छनौट गरेको पुरस्कृत प्रतिभालाई संस्थाको कार्यसमितिले अनुमोदन गरेको हो ।
पुरस्कार आगामी फागुन ६ गते विशेष कार्यक्रमको आयोजना गरी प्रदान गरिने संस्थाले निणर्य गरेको छ ।
२०५९ सालमा स्थापित जयेन्द्रप्रसाद प्रसाई साहित्य सेवाकोषले शुरुमा बर्षोत्कृष्ट कृति पुरस्कार प्रदान गरेको थियो । दुई दशकको अवधीमा संस्थाले पुरस्कारको विधा र राशी बढाउँदै लगेको हो ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारजयेन्द्रप्रसाद प्रसाई साहित्य सेवा कोषद्वारा पुरस्कृत कृति तथा प्रतिभा छनौट
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img