Homeसमाचारसामुहिक आत्महत्या: एकवर्ष अघि विहे, तीन महिना जेल, केही समयपछि एउटै पासोमा...

सामुहिक आत्महत्या: एकवर्ष अघि विहे, तीन महिना जेल, केही समयपछि एउटै पासोमा अन्त्य

कचनकवल । मंगलबार बिहान घरधन्दामा व्यस्त रहेकी अन्नावती गणेशले आफूमाथि बज्रपात परेको छिमेकी गुणदेवको फोनबाट सुनिन् । सुन्दा अपत्यारिलो लाग्यो । फोनबाट मुटु नै चुँडिने अपत्यारिलो घटना सुन्नेवित्तिकै फोन काटेर घटनास्थलतर्फ कुदिन् । उनी घटनास्थल पुग्दा गाउँलेको भिड लागिसकेको थियो । त्यही भिडलाई छिचोल्दै जब घटनास्थल पुगिन् भक्कानो फुटेर आयो डाको छोडेर रुन थालिन् । उनका अगाडि–जेठा छोरा राजेश र बुहारी पवित्रा एउटै रुखमा एउटै कपडाको पासो बनाएर झुन्डिएको दृश्य थियो ।
अनि झुण्डिएको दृश्यबारे फोनबाट जानकारी दिने छिमेकी गुणदेव गणेशले थिए । गुणदेवले घरधन्दा गर्दै गरेकी अन्नावतीलाई फोनमार्फत भनेका थिए–‘भाउजू तपाईंको छोरा चियाबारीको बीचमा रहेको एउटा रुखमा झुन्डिएको छ। एउटै पासो लगाएर पवित्रा पनि झुन्डिएकी छिन्।’
अन्नावतीको जेठो छोरा राजेश र बुहारी पवित्रा नजिकै रहेको एउटा रुखमा झुन्डिएको अवस्थामा देखेपछि अन्नावती विक्षिप्त बनेकी छन्। आँखाबाट आँसु झरिरहेका थिए । अवरुद्ध गलामा उनले भनिन्–खाउँ खाउँ लाउँ लाउँ उमेरको छोराले बुहारीलाई लिएर झुन्डियो।’
प्रेममाथि परेको बज्रपात बिर्सन २५ वर्षीय राजेश घरभन्दा झण्डै किलोमिटर टाढा कुखुरा फर्म खोलेर बसेका थिए। १८ वर्षीया पवित्राको बिछोड भुलाउन एक महिनाअघि मात्र तीन लाखको लगानीमा कुखुरा फार्म खोलेपछि उनी त्यतै बस्ने गरेका थिए।
बालबिबाहको मुद्दामा जेल परेका उनी तीन महिनाअघि मात्र झापा कारागारबाट छुटेका थिए। एक वर्षअगाडि पवित्रासँग भागी विवाह गरेका राजेशमाथि उनका ससुरा भजनलाल राजवंशीले बालविवाहको मुद्दा लगाएर जेल पठाएका थिए।
तीन महिना जेल बसेपछि निस्किएका उनी घरपरिवारमा खुसी नै देखिन्थे । फोन पनि बोक्न छाडेका थिए । राजेशलाई जेल पठाएर पवित्रालाई उनका बुवा भजनलाले घर लिएर गएको पनि ६ महिना हुन लागेको थियो। त्यसबीचमा पवित्रासँग कुराकानी पनि गर्दैनथे रे ।
तर, एकाएक रुखमा झुन्डिएको अवस्थामा छोरा फेला पर्दा आफूहरू अचम्मित भएको छिमेकी गुणदेव बताउँछन्।
‘केटीको साथमा पनि फोन थिएन, गणेश त बोक्थेनन् पनि,’ उनले भने, ‘कसरी त्यहाँ पुगे कसरी त्यत्रो निणर्य लिए ! बुझ्नै सकिएन।’
गुणदेवका अनुसार मंगलबार बिहान राजेश र पवित्रा स्थानीय एभरेस्ट चिया बगानभित्रको एउटा रुखमा एउटै पासो लगाएर झुन्डिएका थिए। सिरिसको रुखमा पासो लगाएको अवस्थामा भेटिएका उनीहरू दुबैको हातमा सिन्दूर थियो, पवित्राले आफ्नो सिउँदो पनि रंग्याएकी थिइन्। उनीहरूले माछा मार्ने नाइनलको जालको डोरी बनाई पासो लागेका थिए।
दुवैको शव निकालेर पोस्टमार्टमका लागि मेची प्रादेशिक अस्पताल भद्रपुर पठाएको र अनुसन्धान सुरु गरेको झापा प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक बसन्त पाठकले जानकारी दिए।
नजिक–नजिक घर भएका राजेश र पवित्रा दुवैले केचनास्थित महेन्द्र माविमा पढेका हुन्। विपन्न परिवारका जेठा छोरा भएकै कारण राजेशले कक्षा ५ भन्दा माथि पढ्न सकेनन्। पढाइ छोडेर कचनकवलको माछापोखरीमा चौकीदारका रूपमा काम गर्थे। मासिक रूपमा १५ हजार रुपैयाँ पारिश्रमिक पाउथे । स्कूलमा पवित्रा राजेश भन्दा ‘जुनियर’ विद्यार्थी हुन्।
आफूले पढ्न नपाए पनि भाइ र बहिनी पढाउँदै थिए। त्यसबीचमा उनको पवित्रा राजवंशीसँग प्रेम भयो। केही समयको माया–प्रेमपछि उनीहरूले भागी बिहे गर्ने निधो गरे।
‘केटीको परिवारले मान्ने कुरै थिएन, हामी मधेसी जनजाति हौं,’ अन्नावती भन्छिन्, ‘यसैले राजेशले भगाएर सिधै घर ल्यायो। हामीले स्वीकार्‍यौं। केटी पक्षले स्विकारेन।’
भगाएको केही दिन नै केटी पक्षले छुटाउन जोड गरेपनि छोरी–ज्वाइँलाई अलग गर्न नसकेपछि पवित्राका बुबा भजनलाल पछि हटे। तीन महिनासम्म उनीहरू एकसाथ बसे। त्यसबेला जनप्रतिनिधि समेत रहेका गुणदेव भने–‘मैले केटीलाई सोध्दा पनि केटाको घरमा खुसीसाथ बसेको भनेर जवाफ दिन्थिन्। तर उनीहरूको मिलनमा उमेर तगारो बन्यो। केटी पक्षले मुद्दा लगायो।’
उनका अनुसार पवित्राका बुवा भजनलालले प्रहरीमा बालविवाहको उजुरी दिए। लगत्तै प्रहरीले राजेश र पवित्रा दुवैलाई समातेर लग्यो। तर प्रहरी कार्यालयबाट पवित्रालाई उनको बुबाले लगे।
राजेश भने बालविवाहको कसुरमा कारागार चलान भए। त्यसपछि राजेशका परिवारले उनलाई छुटाउन अनेकन् प्रयास गरे।
‘हामीले केटीका बुवालाई त्यसबेला जग्गा बेचेर १४ लाख रुपैयाँ दिएको बताउँदै अन्नावतीले भनिन्–‘त्यसपछि राजेश जेलबाट छुटेको थियो।’
जेलबाट छुटेपछि राजेश घरमा खुसी नै थिए। तर एकाएक बुहारीसँग झुन्डिएको अवस्थामा भेटिएपछि अन्नावतीसहित उनको परिवार गहिरो शोकमा परेको छ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारसामुहिक आत्महत्या: एकवर्ष अघि विहे, तीन महिना जेल, केही समयपछि एउटै पासोमा...
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img