HomeFeatured 2भद्रपुर गोल्डकपका सम्बन्धमा निजी तथा संस्थागत विद्यालयसंग छलफल

भद्रपुर गोल्डकपका सम्बन्धमा निजी तथा संस्थागत विद्यालयसंग छलफल

भद्रपुर १० माघ । भद्रपुर झापा गोल्डकप आयोजक समितिले भद्रपुर नगरपालिकाभित्र रहेका निजी तथा संस्थागत विद्यालय सञ्चालक तथा प्रधानाध्यापकसँग छलफल गरेको छ ।
मंगलबार भद्रपुरस्थित मेची रंगशालामा रहेको गोल्ड कपको सचिवालयमा आयोजक समितिले गोल्ड कपको प्रथम संस्करणका बारेमा बृहत छलफल गरेको हो ।
गोल्ड कपको दिगोपना, निजी तथा संस्थागत विद्यालयहरुको सहभागिता, अक्षयकोष लगायतका विषयमा छलफल गरिएको थियो । यही फागुन ७ गतेदेखि भद्रपुर झापा गोल्डकप सुरु हुँदैछ ।
कार्यक्रममा बैठकमा प्रज्ञा एकेडेमीका प्रिन्सिपल तथा प्याब्सन १ नम्बर प्रदेश उपमहासचिव इशुभ पाण्डे, ब्राइट स्टार स्कुलका प्रिन्सिपल तथा प्याब्सन नगर अध्यक्ष रत्नबहादुर गिरी, ग्रिन फिल्ड स्कुलका प्रिन्सिपल तथा प्यबब्सन नगर सचिव सन्देश राई लगायतले भद्रपर झापा गोल्ड कप नगरकै गौरव भएकाले सबैको हातेमालो जरुरी रहेको उल्लेख गरे ।
त्यस्तै, छलफलमा नगरप्रमुख गणेश पोखरेल, गोल्ड कप उपाध्यक्ष गौरव सुब्बा, सल्लाहकार टिकाराज ढकाल, नगरपालिकाका शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख प्रेमबहादुर भुजेलले प्रतियोगिता सफल बनाउन सहयोग रहने प्रतिबद्धता र शुभकामना व्यक्त गरेका थिए ।
सचिव टहलदास मैनालीले सहजीकरण गरेको छलफलमा गोल्ड कप अध्यक्ष दिपेश ढकालले धन्यवाद व्यक्त गरेका थिए । छलफलमा स्वागत तथा अन्तरक्रिया कार्यक्रमको औचित्यबारे महासचिव जीवनकुमार श्रेष्ठले धारणा राखेका थिए ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
Featured 2भद्रपुर गोल्डकपका सम्बन्धमा निजी तथा संस्थागत विद्यालयसंग छलफल
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img