Homeसमाचारझापामा फेरी सामुहिक आत्महत्या: प्रेमीप्रेमीका एउटै रुखमा झुण्डिएको अवस्थामा फेला

झापामा फेरी सामुहिक आत्महत्या: प्रेमीप्रेमीका एउटै रुखमा झुण्डिएको अवस्थामा फेला

झापा । दक्षिणी झापाको कचनकवलमा प्रेमीप्रेमिका एउटै रुखमा झुण्डिएको अवस्थामा मृत फेला परेका छन् । कचनकवल– ४ निवासी २५ वर्षीय राजेशकुमार गणेश र १८ वर्षीया पवित्राकुमारी राजवंशीले एउटै रुखमा झुन्डिएर आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी बसन्त पाठकले जानकारी दिए ।
कचनकवल– ४ स्थित एभरेष्ट टी गार्डेनभित्र रहेको रुखमा एउटै कपडाले पासो लगाएर दुबै जनाले आत्महत्या गरेको पाइएको हो । घटनाको बारेमा प्रहरीले अनुसन्धान गरेपछि मात्र थप कुरा बाहिर आउने डीएसपी पाठकले बताए ।
गणेश र राजवंशीले लगभग ३ महिना अघि भागेर विवाह गरेका थिए। केटा पक्षले भागी विवाहलाई स्विकारे गरे पनि केटी पक्षले त्यसलाई अस्वीकार गरेको गणेशका काका रघुनन्दनले बताए। रघुनन्दनका अनुसार केटीको बुबाले प्रहरीमा केटाविरुद्ध मुद्दा हालेका थिए ।
प्रहरीमा मुद्दा परेपछि केटी पक्षले केटा पक्षसँग साढे ६ लाख रुपैयाँ लिएर मुद्दा मिलाएको आरोप लगाउँदै उनले भने, ‘मुद्दा पश्चात् दुवै जना आ–आफ्नै घरमा बसेका थिए, उनीहरूसँगै बाँच्न नपाएपछि मृत्युलाई रोजे ।’
गत साउनमा तीनजना युवती सामूहिक रुपमा एउटै रुखमा झुन्डिएर आत्महत्या गरेको घटना सेलाउन नपाउँदै कचनकवल गाउँपालिका फेरि यस्तो दर्दनाक घटना घटेको स्थानीयवासी बताउँछन् ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारझापामा फेरी सामुहिक आत्महत्या: प्रेमीप्रेमीका एउटै रुखमा झुण्डिएको अवस्थामा फेला
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img