HomeFeatured 2प्रदेशस्तरीय तेस्रो मि.ग्यालेक्सी प्रतियोगिता चैत २४ र २५ मा

प्रदेशस्तरीय तेस्रो मि.ग्यालेक्सी प्रतियोगिता चैत २४ र २५ मा

अर्जुनधारा । ग्यालेक्सी फिटनेश बिर्तामोडले आगामी चैत २४ र २५ गते प्रदेशस्तरीय तेस्रो मिस्टर ग्यालेक्सी बडिबिल्डिङ च्याम्पियनसिप प्रतियोगिता गर्ने भएको छ । फिटनेशले सोमबार बिर्तामोडमा पत्रकार सम्मेलन गर्दै उक्त प्रतियोगिता गर्न लागिएको जनाएको हो ।
प्रतियोगिताबारे जानकारी दिँदै आयोजक समितिका अध्यक्ष दिप साउदेन लिम्बूले ५५, ६०, ६५, ७० र ७५ केजी तौल समूहका खेलाडीहरु बीच प्रतिस्पर्धा हुने बताए ।
‘सुरुमा विभिन्न ५ तौल समूहका खेलाडीहरु बीच स्पर्धा गराइनेछ’ मिस्टर ग्यालेक्सीका अध्यक्ष लिम्बूले भने, ‘प्रत्येक तौल समूहका विजेतालाई ओभरअलमा फाइनल राउण्डमा प्रतिस्पर्धा गराइने छ ।’ उनका अनुसार प्रतियोगितामा प्रदेशभरका १४ जिल्लाबाट एक सय ५० बढी खेलाडीले सहभागिता जनाउने बताइएको छ ।
‘प्रतियोगिताको लागि प्रि–सेलेक्सनबाट खेलाडीको छनौट गरिने छ’ ग्यालेक्सीका सञ्चालक तथा आयोजक समितिका कोषाध्यक्ष चन्द्र राना ‘लाफा’ ले भने, ‘२४ गते हुने प्रि–सेलेक्सनबाट प्रत्येक समूहमा २५ खेलाडी सहभागि गराइनेछ ।’
२५ गते हुने प्रतियोगिताको फाइनलमा ओभरल विजेताले नगद रु. २ लाख सहित मेडल, ट्रफि र पुरस्कार प्राप्त गर्नेछन् ।
प्रतियोगिताको उपविजेताले नगद रु. एक लाख २५ हजारसहित मेडल, ट्रफि र विभिन्न पुरस्कारहरु प्रदान गरिने समितिका संरक्षक सन्दीप शेर्माले बताए ।
उनका अनुसार तेस्रो हुनेले नगद रु. ७५ हजार, चौथो हुनेले ५० हजार र पाँचौ हुनेले नगद रु. ३० हजार प्राप्त गर्ने छन् । समूह चरणका दोस्रोले नगद रु. १० हजार, तेस्रोले ५ हजारसहित मेडल, ट्रफि र विभिन्न आकर्षक पुरस्कारहरु प्रदान गरिने छ भने वेस्ट पोजरले रु. १० हजार प्राप्त गर्ने आयोजक समितिले जनाएको छ ।
त्यस्तै प्रतियोगितालाई सम्पन्न गर्न १५ लाख रुपैयाँ बढी खर्च लाग्ने बताइएको छ । प्रतियोगिताको मुख्य स्रोत क्लबका सदस्यहरु र केही दाताहरु भएको बताउँदै व्यापारी, संघसंस्था, दाता महानुभावमा सहयोगको आह्वान समेत गरिएको छ ।
पत्रकार सम्मेलनकै बीच सुनचाँदी व्यवसायी संघ पाँचथरका अध्यक्ष राजेन्द्र कर्माले प्रथम पुरस्कार रु. २ लाख प्रदान गर्ने घोषणा गरेका छन् ।
पुरस्कार घोषणा गरेका पाँचथर फिदिम निवासी कर्मालाई ग्यालेक्सी फिट्नेशले खादा ओढाइ सम्मान गरेको थियो ।
आयोजक समितिका अध्यक्ष लिम्बूको अध्यक्षतामा भएको पत्रकार सम्मेलनमा सल्लाहकार रतन लिम्बू, प्रशिक्षक ललित धिमाल, दाता राजेन्द्र कर्मा लगायतले बोलेका थिए । कार्यक्रमको सञ्चालन सचिव केशव श्रेष्ठले गरेका थिए ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
Featured 2प्रदेशस्तरीय तेस्रो मि.ग्यालेक्सी प्रतियोगिता चैत २४ र २५ मा
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img