Homeसमाचारहरियालीको कारोबार पाँच करोड बढी

हरियालीको कारोबार पाँच करोड बढी

जलथल २९ असोज । झापाको हल्दिबारी ४ स्थित हरियाली कृषि सहकारी संस्थाको १४ औं बार्षिक साधारणसभा बुधबार सम्पन्न भएको छ ।
संस्थाले आर्थिक वर्ष २०७५/०७६ को एक आर्थिक वर्षमा पाँच करोड २१ लाख ५४ हजार पाँचसय ६५ रुपैयाँ बराबरको कारोवार गर्दा आठलाख ९६ हजार चारसय २० रुपैयाँ मुनाफा आर्जन गरेको साधारणसभामा जानकारी गराइएको छ ।
संस्थाका अध्यक्ष केदारप्रसाद उप्रेतीको अध्यक्षता तथा हल्दिबारी गाउँपालिकाका अध्यक्ष रविन्द्र लिङ्देनको प्रमुख आतिथ्य र वडाध्यक्ष होमप्रसाद चुडालको विशेष आतिथ्यमा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि लिङ्देन, विशेष अतिथि चुडाल, झापा जिल्ला सहकारी संघका सचिव युवराज ढकाल, हेमराज काफ्ले, श्रीप्रसाद बाह्रकोटी, हरिप्रसाद मैनाली, भीमा गौतम राई लगायतले शुभकामना मन्तव्य राखेको स्थानीय डिल्ली मैनालीले जानकारी दिनुभयो ।
कार्यक्रममा असल बचतकर्ता विष्णुमाया मिश्र, मैया खनाल, असल ऋणीद्वय सर्मिला भारती र दुर्गादेवी प्रसाईलाई दोसल्ला र सम्मानपत्रद्वारा सम्मान गरिएको थियो ।
त्यसैगरी एसइइमा उत्कृष्ट अंक ल्याउने जिनिका खतिवडा र दिपेस पौडेल, राज खतिवडा र अस्मिता साहलाई नगदसहित सम्मान गरिएको थियो । गंगाप्रसाद उप्रेतीले सञ्चालन गरेको कार्यक्रमको स्वागत प्रल्हाद सिलवालले गर्नुभएको थियो ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारहरियालीको कारोबार पाँच करोड बढी
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img