Homeसमाचारलक्ष्मीनारायण मन्दिरको स्तरउन्नतिका लागि सप्ताह महापुराण

लक्ष्मीनारायण मन्दिरको स्तरउन्नतिका लागि सप्ताह महापुराण

अर्जुनधारा २९ असोज । झापाको अर्जुनधारा–५ स्थित लक्ष्मीनारायण मन्दिरको स्तरउन्नतिका लागि सप्ताहब्यापी श्रीमद्भागवत महापुराण आजदेखि शुरु भएको छ । कार्यक्रमका प्रमुख अतिथि तथा जिल्ला विकास समिति झापाका पूर्व अध्यक्ष कृष्ण मिश्रले समुद्घाटन गर्नुभएको पुराणमा अर्जुनधारा जलेश्वर धामका बटुकहरुले स्वस्ती वाचन गरेका थिए ।


पुराणको प्रवचन पं. उदयप्रसाद दाहाल र उपवाचन पं. उपेन्द्र दाहालले गर्नुहुनेछ । पुराण उद्घाटन समारोहमा प्रमुख अतिथि मिश्र, विशेष अतिथि अर्जुनधारा नगरपालिकाका मेयर हरिकुमार राना, कुन्दन भट्टराई, शनिश्चरे खानेपानी तथा सरसफाई उपभोक्ता समितिका अध्यक्ष शंकर उप्रेती, अर्जुनधारा–५ का वडाध्यक्ष ध्यानबहादुर भारती, नगर सदस्य रिता नेपाली, केदार पराजुली, नेपाल पत्रकार महासंघ झापाका उपाध्यक्ष भीमा शिवाकोटी, नेपाल प्रेस युनियन झापा अध्यक्ष इन्दु पूर्वेली, मिडिया सेन्टर नेपालका केन्द्रीय सदस्य लिला अनमोल, योग शिक्षक रुद्र ओली, महिला नेतृ देवकला प्रसाई, लगायतले बोल्दै अनुष्ठान सफलताको शुभकामना ब्यक्त गर्नुभयो ।

सो क्रममा वडाध्यक्ष भारतीले मन्दिरको विकासका लागि यस आर्थिक बर्षमा एकलाख रुपैयाँ बजेट विनियोजन गरिएको जानकारी दिनुभयो ।

पुराण आयोजक समितिका अध्यक्ष कृष्ण पौडेलको सभापतित्वमा सम्पन्न कार्यक्रममा स्वागत मन्दिर ब्यवस्थापन समितिका अध्यक्ष कञ्चन विन्दु खड्काले गर्नुभएको थियो । कार्यक्रम समुद्घाटन अघि कलशसहित शोभायात्रा सम्पन्न भएको थियो । तुलसा विमली संस्थापक रहनुभएको मन्दिर ब्यवस्थापन समितिमा २६ जना महिलाहरु सदस्य रहेको पुराण आयोजक समितिका सचिव छविलाल शिवाकोटीले जानकारी दिनुभयो ।

पूर्ण रुपमा महिलाकै नेतृत्वमा सञ्चालित मन्दिरमा श्रवण हल पनि निर्माणाधीन छ । मन्दिरको दीर्घकालीन् ब्यवस्थापनका लागि महिला नेतृ देवकला प्रसाईले अक्षय कोष स्थापनाको प्रारम्भ गर्नुभएको प्रचार प्रशार समिति संयोजक कौशल कान्छोले जानकारी दिनुभयो ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारलक्ष्मीनारायण मन्दिरको स्तरउन्नतिका लागि सप्ताह महापुराण
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img