HomeFeatured 2उपाहारको बार्षिकोत्सवमा म्यूजिक अवार्ड २०७९ हुने

उपाहारको बार्षिकोत्सवमा म्यूजिक अवार्ड २०७९ हुने

उदयपुर २८ पुस । उदयपुरबाट सञ्चालित उपाहार एफ.एम ९५.४ मेघाहर्जको ५ औं बर्ष पुरा भएको अवसरमा म्यूजिक अवार्ड आयोजना गरिने भएको छ । उपाहार मिडिया ग्रुप प्रा.लिद्धारा संचालित उपहार एफ.एमले ५ औ बार्षिक उत्सवको अवसर पारेर म्यूजिक अवार्ड गर्न लागेको हो ।
उदयपुर जिल्लाकै इतिहासमा पहिलो पटक आयोजना गर्न लागिएको म्यूजिक अवार्डमा विभिन्न विधामा एकदशक सांगितिक क्षेत्रमा क्रियाशिल गायक, संगीतकार, रचनाकार तथा कला क्षेत्रमा क्रियाशिलहरुलाई अवार्ड वितरण गर्ने कार्यक्रम रहेको आयोजकले जनाएको छ ।
‘कला र संस्कृतिको पहिचान अग्रजलाई सम्मान नयाँलाई प्रोत्साहन’ भन्ने मुल मर्म र भावना सहित आयोजना गर्न लागिएको म्यूजिक अवार्डमा नेपाली सांगीतिक क्षेत्रका सफल संगीतकार शिलाबहादुर मोक्तान र कुन्ती मोक्तानलाई लाइफ अचिभमेन्ट अवार्ड सहित सम्मान तथा मोक्तान दम्पतीद्धारा उदयपुरका कलाकारहरुलाई अवार्ड वितरण गरिने छ । कार्यक्रममा उदयपुरका स्थापित तथा नवोदित युवा कलाकारलाई अवार्ड प्रदान गरिने छ । कार्यक्रममा उदयपुरबाट स्थापित कलाकारहरु सहित संगीतकार शिलाबहादुर मोक्तान र कुन्ती मोक्तानले समेत सांगीतिक प्रस्तुती राख्नु हुनेछ ।
आगामी फागुन १० गते हुने कार्यक्रमको लागि विभिन्न क्षेत्रसंग समन्वय गरेर प्रायोजन, सह प्रायोजन तथा विशेष सहयोगको लागि प्रस्तावना सहित अपिल गरिने उपाहार मिडिया ग्रुप प्रा.लिका अध्यक्ष विश्वराज तामाङले जानकारी दिए ।
कार्यक्रममा सांगीतिक सास्कृतिक प्रस्तुती सहित फेशन सो तथा विभिन्न कार्यक्रमहरुको आयोजना गरिने तयारी रहेको जनाइएको छ । उदयपुरमा २०७५ सालबाट प्रशारण प्रारम्भ भएको रेडियोले आफ्नो ५ आंै स्थापना बर्षको अवसरमा सो कार्यक्रम आयोजना गर्न लागेको हो । विगतमा पनि विभिन्न चाडपर्वहरुमा रेडियोले विभिन्न नागरिकका अभिरुचीका कार्यक्रमहरु आयोजना गर्दै आएको थियो ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
Featured 2उपाहारको बार्षिकोत्सवमा म्यूजिक अवार्ड २०७९ हुने
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img