Homeसमाचारपत्रकार घिमिरेसहित धार्मिक व्यक्तित्वलाई सम्मान

पत्रकार घिमिरेसहित धार्मिक व्यक्तित्वलाई सम्मान

भद्रपुर २८ पुस । राष्ट्रिय हिन्दु एकता मञ्च केन्द्रीय कार्य समिति नेपालको पाँचौ राष्ट्रिय अधिवेशनमा पत्रकार रेवतीराज घिमिरेसहितका मञ्चमा आबद्ध सहयोगी तथा धार्मिक व्यक्तित्वलाई सम्मान गरेको छ । सम्मानित पत्रकार घिमिरे जनआन्दोलन साप्ताहिक र जनआन्दोलन डटकमका भद्रपुर प्रतिनिधि हुन् ।
बिहिबार झापाको चन्द्रगढीमा आयोजित कार्यक्रमका बीच अधिबेशनले पत्रकारिता क्षेत्रमा निरन्तर सकृय रहँदै पत्रकारिताको माध्यामबाट सूचना प्रभावमा पुर्याएको योगदानको उच्च मूल्याङ्गकन गर्दै प्रमुख अतिथि धर्मअनुरागी पण्डित सोमनाथ गौतम, व्यासाचार्य किशोर गौतम, मञ्चका केन्द्रीय अध्यक्ष इन्द्रप्रसाद ओली लगायतले प्रशंसा पत्र प्रदान गरेर सम्मान गर्नु भएको हो ।
त्यसै गरी हिन्दु धर्मका अगुवा तथा मञ्चलाई प्रत्यक्ष अप्रत्यक्ष रुपमा सहयोग पुर्याउने सहयोगी, ज्येष्ठ नागरिकहरु क्रमशः राजेन्द्रप्रसाद संग्रौला, नरेन्द्रकुमार कार्की, लगायतका संगिनी समुह सदस्य, बालन खेल्ने समुह सदस्य, मञ्चका सदस्य सन्तती खेलाडी लगायत दर्जनौ व्यक्तीलाई प्रशंसा पत्र सहित सम्मान गरिएको थियो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि गौतमले बर्तमान परिस्थितीमा हिन्दुधर्मप्रति प्रहार भै रहेकोले यसलाई जोगाउन सबै पक्ष सचेत हुनुपर्नेमा जोड दिए ।
मञ्चको सांगाठानिक प्रतिवेदन प्रस्तुत गर्दै अध्यक्ष ओलीले ९४ प्रतिशत हिन्दु रहेको नेपालमा धर्म निरपेक्ष नेपाल बनाएर नेपालका राजनीतिक दलहरुले नेपाल र नेपालीको अस्तित्व समाप्त पार्न खोजेकाले समयमै सबै पक्ष सचेत हुनुपर्नेमा जोड दिए ।
अधिबेशनमा मञ्चकी कोषाध्यक्ष सकुन्तला पोखरेलले संस्थाको आर्थिक प्रतिवेदन प्रस्तुत गरेकोे कार्यक्रममा व्यासाचार्य किशोर गौतम, झापा अध्यक्ष युवराज पौडेल, महेन्द्र भट्टराई लगायतले मन्तव्य राख्दै सनातन हिन्दु धर्मप्रति भइरहेको प्रहारलाई बचाउन नयाँ पुस्ता लाग्नुपर्नेमा जोड दिए ।
ओलीको अध्यक्षतामा सम्पन्न उद्घाटन सत्रको स्वागत सकुन्तला पोखरेल र संचालन देबीभक्त आचार्यले गरेका थिए । आजै सम्पन्न अधिबेशनले पुनः इन्द्रप्रसाद ओलीको अध्यक्षतामा आगामी ४ बर्षे कार्यकालका लागि १७ सदस्यीय नयाँ कार्य समिति चयन गरेको छ ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारपत्रकार घिमिरेसहित धार्मिक व्यक्तित्वलाई सम्मान
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img