झापा २९ पुस । झापाको गौरादह नगरपालिका–१ स्थित भित्री सडक खण्डमा स्कुल बसको ठक्करबाट पैदल यात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा ७२ बर्षीय तुलसा दाहाल रहेकी छन् । हिजो अपरान्ह ३ बजे माउन्ट एभरेष्ट बोर्डिङ स्कुलको मे. १ ख २६७६ नम्बरको बसले ठक्कर दिंदा घाइते भएकी दाहालको उपचारको क्रममा बिएण्डसी अस्पताल बिर्तामोडमा मृत्यु भएको हो । ठक्कर दिने बस र चालक गौरादह–२ का अमरलाल ताजपुरीयालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

































































































