HomeFeatured 2‘मेरो नजरमा पृथ्वीनारानाराण शाह’ विषयक निबन्ध प्रतियोगिता सम्पन्न

‘मेरो नजरमा पृथ्वीनारानाराण शाह’ विषयक निबन्ध प्रतियोगिता सम्पन्न

झापा । जरोकिलो प्रतिष्ठान नेपालले ३०१ औँ पृथ्वी जयन्ती, राष्ट्रिय एकता दिवसको सन्दर्भमा आयोजना गरेको ‘मेरो नजरमा पृथ्वीनारानाराण शाह’ विषयक निबन्ध प्रतियोगिताको पुरस्कार वितरण समेत गरेको छ ।
निबन्ध प्रतियोगितामा विन्द्यवासिनी माध्यमिक विद्यालयका जीवन बराइली प्रथम, कालिकाशरण माध्यमिक विद्यालयका सरिता घले दोस्रो र निहारिका शिशु कुञ्जका आरती जैसवाल तेस्रो भएका छन्। प्रतियोगितामा सहभागी विद्यार्थीहरु मध्ये १० जनालाई सान्त्वना पुरस्कार प्रदान गरिएको थियो । प्रतियोगितामा ४० विद्यालयका ४१२ विद्यार्थीहरुले सहभागिता जनाएकी छन् ।
कार्यक्रमका प्रमुख अभ्यागत जरो किलो प्रतिष्ठानका संस्थापक अध्यक्ष डा. निर्मलमणि अधिकारीले सरकारले पृथ्वी जयन्तीको अवसरमा विदा दिए पनि राष्ट्रिय एकता दिवसको रुपमा स्वीकार्न नसकेको बताए। विभिन्न कालखण्डमा शासकहरुले पृथ्वी नारायण शाहको योगदानलाई लुकाउन खोजे पनि उहाँको महत्व झनझन जाज्वल्यमान हुँदै गएको बताए।
शिक्षाविद् तथा निबन्ध प्रतियोगिताका निर्णायक समितिका संयोजक प्रा.डा. विद्यानाथ कोइरालाले सर्वत्र राष्ट्र निर्मातालाई सम्मान गरिएपनि विदेशीहरुको चलखेलको कारण नेपालका राष्ट्र निर्मातालाई यथोचित सम्मान गर्न नसकिएको बताए । पृथ्वी नारायण शाहले नेपालको भौगोलिक एकीकरण गर्नुभएको र नेपालको सांस्कृतिक एकीकरणको जिम्मेवारी वर्तमान पुस्ताको भएको कोइरालाले बताए ।
कार्यक्रममा जरो किलो महाअभियानका संस्थापक उपाध्यक्ष डा. गोविन्दशरण उपाध्याय, प्रा.डा. आनन्दप्रसाद घिमिरे, सहृदयता समाज नेपालका अध्यक्ष आचार्य तिलकप्रसाद लुईटेल, सनातन धर्म महासंघका अध्यक्ष डा. माधवप्रसाद लामिछाने, विश्व भुटानी हिन्दु संगठनका अध्यक्ष कमल धिमाल, युग निर्माण महिला समाज नेपालका उपाध्यक्ष चाँदनी विक, जरोकिलो प्रतिष्ठान नेपालका अध्यक्ष बलराम प्रजापति, श्यामकृष्ण सुवेदीलगायतले पृथ्वी नारायण शाहको व्यक्तित्वका बारेमा चर्चा गरेका थिए ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
Featured 2‘मेरो नजरमा पृथ्वीनारानाराण शाह’ विषयक निबन्ध प्रतियोगिता सम्पन्न
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img