Homeसमाचारभात नपकाएको निहुँमा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु

भात नपकाएको निहुँमा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु

बिर्तामोड । झापा अर्जुनधारामा घरधन्दा नगरेको र खाना नपकाएको निहुँमा झापा अर्जुनधारा ९ की एक महिलाको श्रीमान्ले हत्या गरेका छन् । अरुण गाउँपालिका १ घर भई अर्जुनधारा ९ खरबानी चोक बस्ने विश्वराज घिसिङले कान्छी श्रीमती ३६ बर्षीया प्रमिला भुजेल घिसिङको हत्या गरेका हुन् ।
घर बनाउने मिस्त्रीको काम गर्ने विश्वराजले पुस २६ गते मंगलबार साँझ साढे सात बजे घरमा मासु लिएर घर जाँदा विहानदेखिको भाँडा नमाझेको, बेलुकाको खानापनि नपकाएको र रक्सी खाएर मातेको भन्दै श्रीमतीलाई पेट र छातीमा कुटपिट गर्दा श्रीमतीको मृत्यु भएको प्रहरीले जनाएको छ । श्रीमतीको हत्या अभियोगमा प्रहरीले विश्वराजलाई पक्राउ गरी अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय अनारमनीमा राखेको इप्रका अनारमनीका प्रमुख डीएसपी रुगमबहादुर कुँवरले जानकारी दिए । अभियुक्त विश्वराजले अभियोग स्वीकार गरेको प्रहरीले जनाएको छ ।
विश्वराजको पहाडमा जेठी श्रीमती र २ बच्चासमेत रहेका छन् भने मृतक प्रमिलाको पनि पहिलाको श्रीमानको एक छोरा र एक छोरी र अहिलेको श्रीमानको तर्फबाट आठ बर्षीया छोरी रहेको प्रहरीले जनाएको छ ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारभात नपकाएको निहुँमा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img