Homeशिक्षागोमेन्द्रमा एमबिए र एमसिए स्नातकोत्तर अध्यापन हुने

गोमेन्द्रमा एमबिए र एमसिए स्नातकोत्तर अध्यापन हुने

झापा २३ पुस । नीजि क्षेत्रको शिक्षामा पूर्वमा छाप बनाउन सफल बिर्तामोडस्थित गोमेन्द्र बहुमुखी महाविद्यालयले यसै शैक्षिक सत्रदेखि एमबिए र एमसिएको अध्यापन शुरु गर्ने भएको छ ।
महाविद्यालयले शुरु गर्न लागेको नयाँ विषयबारे जानकारी दिने उद्देश्यले विद्यालय परिषरमा आयोजित पत्रकार सम्मेलनमा पढाई हुने विषय र अध्यापनका लागि विषय विज्ञका बारेमा जानकारी दिइएको हो ।
घरको खाना खाएर पढाईका साथै अन्य काम पनि गर्न सहज होस् भन्ने उद्देश्यले स्नातकोत्तर अध्यापन गर्ने/गराउने तयारीका साथ नयाँ विषय सञ्चालनमा ल्याउन लागेको बताइएको छ ।
पूर्वाञ्चल विश्व विद्यालयबाट सम्बन्धन प्राप्त गोमेन्द्र बहुमुखी महाविद्यालयले स्नातकोत्तर तहमा एमबिए (मास्टर अफ बिजनेस एडमिनिष्ट्रेसन) र एमसिए (मास्टर अफ कम्प्युटर एप्लिकेशन) अध्यापनको तयारी गरेको हो । एमबिए र एमसिए बढी जसो बैंक तथा वित्तीय क्षेत्रमा काम गर्नेहरुका लागि बढी उपयोगी हुने बताइएको छ ।
यसैवर्षदेखि शुरु गर्न लागिएको स्नातकोत्तरको विभागीय प्रमुखमा प्रा.डा. पृथ्वी राई रहेका छन् भने एमविएतर्फको तर्फ बिमल राजवंशी तथा एमसीएतर्फ सुनिल शर्मा संयोजकको जिम्मेवारीमा रहेको गोमेन्द्र बहुमुखी महाविद्यालयका प्राचार्य डा. रुपक खनालले जानकारी दिए । दुवै फ्याकल्टीमा पिएचडी तथा एमफिल गरेका अध्यापकहरुबाट मात्र अध्यापन गरिने बताउँदै प्राचार्य खनालले फ्याकल्टी मेम्बरको कार्यानुभवका बारेमा जानकारी दिए ।

चार सेमेष्टर रहेको एमबिए र एमसीए अध्यापनका लागि पहिलो वर्ष आउने विद्यार्थीले साढे तीन लाखमा अध्ययन पूरा गर्ने प्राचार्य खनालले बताए ।
विद्यालयका संस्थापक गणेश खनालको प्रमुख आतिथ्यता तथा बुध खनालको विशेष आतिथ्यता रहेको कार्यक्रमको सञ्चालन शेखर पाण्डेले गरेका थिए ।
२०५३ सालमा स्थापना भएको विद्यालयले कक्षा १२/१२, २०५६ मा विज्ञान तथा प्रविधि संकाय, २०६२ मा व्यवस्थापनतर्फ विविए तथा कम्प्युटर शिक्षा लगायतका विषयमा संवन्धन प्राप्त गरी अध्यापन गराउँदै आएको छ ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
शिक्षागोमेन्द्रमा एमबिए र एमसिए स्नातकोत्तर अध्यापन हुने
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img