Homeसमाचारप्रदेश १ सरकारको नेतृत्व हिक्कमले गर्ने, आज दावी पेश गर्ने

प्रदेश १ सरकारको नेतृत्व हिक्कमले गर्ने, आज दावी पेश गर्ने

झापा २४ पुस । प्रदेश प्रमुख पर्शुराम खापुङले प्रदेश १ सरकारको मुख्यमन्त्री दाबी गर्न दलहरूलाई दिएको समयावधी आज साँझ ५ बजे सकिँदैछ। सत्तारुढ गठबन्धनले आजै प्रदेश प्रमुखसमक्ष मुख्यमन्त्री दाबी गर्ने जनाएका छन ।
प्रदेश १ सरकारको मुख्य मन्त्रीमा नेकपा एमालेका हिक्मत कार्कीले गर्ने एमाले प्रदेश १ संसदीय दलका प्रमुख सचेतक रेवतीरमण भण्डारीले बताए । भण्डारीका अनुसार मुख्यमन्त्री समक्ष दावी पेश गर्न सत्ता गठबन्धनका सबै दलहरु सहभागि हुनेछन् ।
झापा क्षेत्र नं. ५ प्रदेश निर्वाचन क्षेत्र ‘क’ बाट प्रदेशसभामा निर्वाचित कार्की एमाले स्थायी कमिटी सदस्य हुन्। उनी प्रदेशको पहिलो कार्यकालमा आन्तरिक मामिला कानुनमन्त्री तथा सञ्चार मन्त्री थिए।
प्रमुख खापुङले गत पुस १७ गते प्रदेश एक साताको समय दिएर संविधानको धारा १६८ को उपधारा २ बमोजिम मुख्यमन्त्रीको दाबी गर्न आव्हान गरेका थिए।
९३ सदस्सीय सभामा बहुमतका लागि ४७ सिट आवश्यक पर्छ। एमालेसँग ४० र माओवादीसँग १३ सिट छ। केन्द्रीय गठबन्धनमा सामेल रहेको राप्रपाको ६ सिट र जसपाको १ सिट थपिँदा सरकारलाई ६० सांसदको समर्थन पुग्नेछ।
प्रदेशसभामा नेपाली कांग्रेससँग २९ र एकीकृत समाजवादीसँग ४ सांसद छन्।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारप्रदेश १ सरकारको नेतृत्व हिक्कमले गर्ने, आज दावी पेश गर्ने
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img