HomeFeatured 2हाम्रो नेपाल(साकोस)को नयाँ नेतृत्व, १० औं बार्षिक साधारणसभा सम्पन्न

हाम्रो नेपाल(साकोस)को नयाँ नेतृत्व, १० औं बार्षिक साधारणसभा सम्पन्न

झापा २३ पुस । हाम्रो नेपाल बचत तथा ऋण सहकारी संस्थाको नयाँ नेतृत्व चयन भएको छ । संस्थाको आगामी चार वर्षे कार्यकालका लागि सर्वसम्मत चयन भएको नयाँ नेतृत्वको संस्थाको आज सम्पन्न १० औं बार्षिक साधारण सभाको माइन्युट प्रमाणीकरण कार्यक्रममा नव गठित समितिको घोषणा गरेको हो ।
सहकारीको नव गठित सञ्चालक समितिको अध्यक्षमा पुनः भवानी दंगाल चयन भएका छन् । दंगालको नेतृत्वमा गठित समितिको उपाध्यक्षमा राजेन्द्र गौतम चयन हुँदा सचिवमा विश्वेश्वरप्रसाद लामिछाने पुनः दोहोरिएका छन् ।
संस्थाको सञ्चालक समितिका सदस्यहरुमा कविता बुढाथोकी, कृष्णप्रसाद पोखरेल, सशिता राई, प्रतिमा कार्की, तुलसीराम गौतम र भगिरथ आले चयन हुँदा लेखा सुपरिवेक्षण समिति संयोजकमा कृष्णराज कटुवाल र सदस्यहरुमा पुजनकुमारी आचार्य र सोमनाथ नेपाल रहेका छन् ।
निर्वाचन सम्पन्न गर्नका लागि संस्थाले बिर्तामोड नगरपालिकाका सहकारी अधिकृत डिल्ली दाहाल संयोजक तथा गुणनिधि लुइँटेल र रमेशप्रसाद गुरागाईं सदस्य रहेको निर्वाचन समिति गठन गरेको थियो । संस्थाको नयाँ समितिले शनिबारै सपथग्रहण गरेका छन् ।
संस्थाका अध्यक्ष दंगालको अध्यक्षता तथा प्रदेश सांसद बन्दना झाँगडको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा संस्थाको बार्षिक प्रतिवेदन प्रस्तुत गर्दै अध्यक्ष दंगालले संस्थाको वित्तिय अवस्थाबारे जानकारी दिएका थिए । झापा, इलाम र मोरङलाई कार्यक्षेत्र बनाएको हाम्रो नेपाल बचत तथा ऋण सहकारी संस्थाको १७ करोड २२ लाख ९१ हजार शेयरपुँजी रहेको बताइएको छ । गत असार मसान्तसम्म २४ हजार ९३३ शेयर सदस्य रहेको संस्थाले गत आर्थिक वर्षमा ४६ लाख दुईहजार १४४ रुपैयाँ खुद मुनापाm आर्जन गरेको प्रतिवेदनमा उल्लेख छ ।
गरेको कार्यक्रममा लेखा सुपरिवेक्षण समिति संयोजक कृष्णराज कटुवालले अघिल्लो वर्षको लक्ष्य र उपलब्धिको समिक्षात्मक टिप्पणी प्रस्तुत गरेका थिए ।
राजेन्द्र गौतमले स्वागत गरेको कार्यक्रमको सञ्चालन सचिव विश्वेश्वरप्रसाद लामिछानेले गरेका थिए ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
Featured 2हाम्रो नेपाल(साकोस)को नयाँ नेतृत्व, १० औं बार्षिक साधारणसभा सम्पन्न
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img