भद्रपुर २२ पौष । कृषि ज्ञान केन्द्रको आर्थिक सहयोग तथा एकता मुल कृषि समुह भद्रपुर झापाको संयोजनमा डाँगीबारीमा सञ्चालित आइपीएम कृषि पाठशाला एक कार्यक्रमका बीच समापन गरिएको छ ।
गत भदौ २० गते देखि पुस ८ गतेसम्म सञ्चालित १६ हप्ते कृषि पाठशालामा विभन्न ५ जातका गोलभेडाका व्याड तयार पारी उत्पादन समेत गरे पश्चात शुक्रवार आयोजित कार्यक्रमका बीच समापन गरिएको हो ।
पाठशालाबाट उत्पादित कृषि उत्पादन गर्दा स्वच्छ र ताजा उत्पादन गरिएको र लागत खर्च समेत कम भएको पाठशाला सञ्चालन समितिका संयोजक ईश्वर पोखरेलले बताए ।
उहाँले उत्त पद्धतिबाट खेती गर्दा लागत खर्च कम हुने खेतीमा ढुसी लगायतका विभिन्न किराहरुको आक्रमण कम हुने हँुदा उत्पादनमा बृद्धि भएको जानकारी दिए । कार्यक्रममा प्रमुख अतिथि समेत रहनु भएका भद्रपुर ९ का वडाध्यक्ष रामप्रसाद दाहालले जैविक खेती आजको आवश्यकता रहेको बताउदै उत्पादन बृद्धिका लागि सबै वडाबासीले अग्र्यानिक उत्पादन गर्नुपर्नेमा जोड दिए ।
पाठशालाको प्रतिवेदन प्रस्तुत गर्दे कृषक खेमराज भट्टराईले संयोजक पोखरेलको डेढ कठ्ठा जमिनमा आईपीएम र कृषि गरी २ वटा विधिबाट ३ सय माथिका गोलभेडाका बिरुवा लगाएर उत्पादन गरिएको बताए । कार्यक्रममा प्रशिक्षक अंकित भट्राई हरीप्रसाद पराजुली लगायतले मन्तव्य राखेका थिए ।
ज्ञान केन्द्र प्रमुख सागर विष्टको अध्यक्षतामा सम्पन्न समापन कार्यक्रमको सञ्चालन संयोजक पोखरेल र स्वागत मन्तव्य समुह सचिव युवराज ढकालले गरेका थिए ।
भद्रपुर ९ र ८ का समेत ३६ जना कृषक सहभागि रहेको पाठशालाको प्रशिक्षण क्रमशः कृषि ज्ञान केन्द्र झापाका प्रमुख विष्ट, बागबानी विकास अधिकृत अंकित भट्टराई, बाली संरक्षण अधिकृत रामजुगन यादव, कृषि प्रविधिक मन्दिरा श्रेष्ठ, कृषि प्रशासन अधिकृत चेतराज भण्डारी लगायतले प्रशिक्षण प्रदान गरेका थिए ।
१६ हप्ते कृषि पाठशाला तालिम सम्पन्न

































































































