बिर्तामोड २२ पुस । नारी सञ्चार गृह झापाकी अध्यक्ष भीमा शिवाकोटीलाई पितृशोक परेको छ ।
उहाँका बुवा गंगाप्रसाद शिवाकोटीको आज बिहान साढे ४ बजे कनकाई वडा नं। ५ लालपानीस्थित निजी निवासमा ८९ वर्षको उमेरमा निधन भएको हो ।
स्व। शिवाकोटीका पत्नी पम्फादेवी दुई छोरी भीमा शिवाकोटी र गोमा शिवाकोटी, चार छोरा ज्ञानेन्द्र, इन्द्र, बासुदेव र नवराज शिवाकोटी छन् ।
स्व। गंगाप्रसादको आज दिउँसो १२ बजे कनकाई आर्यघाटमा दाहसंस्कार गरिने पारिवारिक स्रोतबाट थाहा भएको छ ।
नारी सञ्चार गृह झापाकी अध्यक्ष शिवाकोटीलाई पितृ शाेक

































































































