झापा । जनश्रुती महिला बचत तथा ऋण सहकारी संस्थाको नवौं बार्षिक साधारणसभा बिर्तामोडमा सम्पन्न भएको छ ।
संस्थाका अध्यक्ष तुलकुमारी राजवंशीको अध्यक्षता तथा विर्तामोड नगरपालिकाकी नगरप्रमुख पवित्रा महतारा प्रसाईको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा पुरस्कार वितरण तथा ज्येष्ठ नागरिकलाई सम्मान समेत गरिएको थियो ।

कार्यक्रममा प्रमुख अतिथि प्रसाई विशेष अतिथि बिर्तामोड नगरपालिका सहकारी विभागका प्रमुख डिल्ली दाहाल, नेपाल उद्यमशिल महिला संघ झापाकी अध्यक्ष पार्वता खरेल विमली, साना व्यवसायी तथा सञ्चारकर्मी भिमा शिवाकोटी, युवा स्वरोजगार झापाका सदस्य सन्तोष सापकोटा, पत्रकार इन्द्रसिं राजवंशी लगायत शुभकामना मन्तव्य राखेका थिए ।
ममता राजवंशीले सञ्चालन गरेको कार्यक्रममा स्वागत अनिता कार्की बस्नेतले गरेकी थिइन् । २०७० सालमा एकलाख शेयर पूँजिबाट शुरु गरेको जनश्रुती महिला बचत तथा ऋण सहकारी संस्था नवौ बार्षिकोत्सव सम्म आइपुग्दा एककरोड, ६३ लाख १३ हजार पाँचसय ७२ रुपैयाँ शेयर पूँजी पुर्याउन सफल भएको छ भने दुईहजार पाँचसय ११ जना शेयर सदस्य रहेको अध्यक्ष राजवंशीले जानकारी दिइन् ।

































































































