विराटनगर । राष्ट्रिय प्रजातन्त्र पार्टी प्रदेश नं. १ संसदीय दलको नेतामा भक्तिप्रसाद सिटौला चयन भएका छन्।
शुक्रबार झापामा भएको संसदीय दलको बैठकले झापाका सिटौलालाई सर्वसम्मत नेता चयन गरेको पार्टीका प्रदेशसभा सदस्य सविना बजगाइँले जानकारी दिएकी छन्।
राप्रपा केन्द्रीय समितिका प्रवक्तासमेत रहेका सिटौला झापा ४ को प्रदेश क्षेत्र नम्बर २ बाट प्रत्यक्ष निर्वाचित भएका सांसद हुन्। प्रदेशमा राप्रपाबाट प्रत्यक्ष निर्वाचित २ जना र समानुपातिकबाट निर्वाचित ४ गरी ६ जना सांसद छन्।
यसअघि शुक्रबार नै नेपाली कांग्रेसका तर्फबाट कांग्रेस प्रदेश सभापति उद्धव थापा मतदान प्रक्रियाबाट प्रदेश–१ कांग्रेस संसदीय दलको नेतामा निर्वाचित भएका छन् ।
राप्रपा प्रदेश–१ संसदीय दलको नेतामा सिटौला चयन

































































































