Homeसमाचारझापाका पालिका उपप्रमुखहरुको सञ्जाल, पाँच बुँदे प्रतिबद्धता

झापाका पालिका उपप्रमुखहरुको सञ्जाल, पाँच बुँदे प्रतिबद्धता

इटहरी । झापाका १५ वटै पालिकाका उपप्रमुख र उपाध्यक्षहरुको दुईदिने भेला पाँचबुँदे साझा प्रतिबद्धता जारी गर्दै मोरङको सुन्दरहरैंचामा सम्पन्न भएको छ ।
पालिका पालिकाबीच सिकाइ आदानप्रदान र आफ्नो जिम्मेवारीलाई प्रभावकारी रुपमा सम्पादन गर्नका लागि टेवा पु¥याउने उद्देश्यले उपप्रमुख तथा उपाध्यक्षहरुको सञ्जाल बनाइएको हो । सञ्जालको बैठक हरेक दुई महिनामा गर्ने र विभिन्न एजेन्डामा छलफल तथा निर्णय गर्ने बताइएको छ ।
पहिलो दुई महिनाका लागि सञ्जालको संयोजकमा मेचीनगर नगरपालिकाका उपप्रमुख मीना पोखरेल उप्रेतीलाई सर्वसम्मत रुपमा चयन गरिएको छ । सञ्जालमा १५ वटै पालिकाका उपप्रमुख तथा उपाध्यक्षहरु सदस्य रहेका छन् ।
उपप्रमुखहरुमा बिर्तामोड नगरपालिकाका नगेन्द्रप्रसाद संग्रौला, कनकाई नगरपालिकाका आशा शर्मा शिवाकोटी, दमक नगरपालिकाका रेगिना भट्टराई प्रसाईं, भद्रपुर नगरपालिकाका राधा कार्की, गौरादह नगरपालिकाका जलवर्षा राजवंशी, अर्जुनधारा नगरपालिकाका खड्गमाया पराजुली र शिवसताक्षी नगरपालिकाका नरमाया कार्की रहेका छन् ।
त्यस्तै सञ्जालको सदस्य रहेका पालिका उपाध्यक्षहरुमा बुद्धशान्ति गाउँपालिकाका भवानीप्रसाद खतिवडा, कचनकवल गाउँपालिकाका नवराज भट्टराई, झापा गाउँपालिकाका अञ्जु थपलिया, कमल गाउँपालिकाका प्रमिला न्यौपाने, बाह्रदशी गाउँपालिकाका शान्तादेवी शिवाकोटी खरेल, गौरीगञ्ज गाउँपालिकाका पुजन न्यौपाने कुँवर र हल्दिवारी गाउँपालिकाका लक्ष्मी मैनाली रहेका छन् ।
पाँच बुँदे प्रतिबद्धता
– झापा जिल्लाका उपप्रमुख र उपाध्यक्षहरुको सञ्जाल निर्माण गर्दै आपसमा सिकाइ आदानप्रदान प्रकृयालाई निरन्तरता दिनेछौं । सञ्जालमा आलोपालो प्रणाली अनुसार संयोजकको चयन गर्नेछौँ । बैठकको समन्वय सञ्जालको संयोजकमार्फत हुनेछ ।
– सञ्जालको बैठकमा आएका सामुहिक अनुभव र निष्कर्षलाई आ–आफ्ना पालिकाका कार्ययोजनामा समावेश गरेर अघि बढ्नेछौं ।
– आ–आफ्ना पालिकामा लैंगिक समानता तथा सामाजिक समावेशीकरण नीति निर्माण गरेर कार्यान्वयन गर्नेछौं, उक्त नीति बनिसकेका पालिकामा त्यसको प्रभावकारी कार्यान्वयन गर्नेछौँ । साथै, अन्य कानून, नीति, नियमावली, कार्यविधि, निर्देशिका पनि आवश्यकताका आधारमा निर्माण गर्न तदारुकताका साथ अगाडि बढ्नेछौँ ।
– संघ सरकार, प्रदेश सरकार र आ–आफ्ना स्थानीय सरकारले बनाएका ऐन, नियम नीति, कार्यविधि र निर्देशिका गहिरो अध्ययन गर्नेछौँ, आ–आफ्ना स्थानीय सरकारका कानून, नीति र कार्यविधि उपयुक्तता र आवश्यकताका आधारमा संशोधन गरी अघि बढ्ने छौँ ।
– योजना तथा बजेट तर्जुमा गर्दा लैंगिक उत्तरदायी बजेटको अवधारणा अनुसार तर्जुमा गर्नेछौं । हरेक बर्ष आ–आफ्ना पालिकामा लैंगिक समानता तथा सामाजिक समावेशीकरण अवस्थाको परीक्षण गरी त्यसको नतिजा सार्वजनिक गर्नेछौँ ।
झापाका १५ वटै पालिकाका उपप्रमुख तथा उपाध्यक्षको सहभागितामा भएको सिकाइ आदानप्रदान कार्यशालामा भोगिरहेका चुनौति र समस्या र तिनका समाधानका लागि निर्वाह गर्नुपर्ने भूमिकाका विषयमा छलफल भएको थियो ।
सहारा नेपाल, फेयरमेड र संवाद समूह झापाको सहकार्यमा कार्यशाला भएको थियो । कार्यशालाको सहजीकरण मोहन तिम्सिना, सविता पोखरेल र डा. चन्द्र तिम्सिनाले गरेका थिए । पालिकाको कार्यसम्पादन तथा न्यायिक समितिको काममा पालिकाहरुबीच एकरुपता ल्याउने लगायतका विषयमा छलफल भएको थियो । सिकाइ आदानप्रदान कार्यशाला प्रभावकारी भएको सहभागीले बताएका थिए । कार्यक्रममा फेयरमेडका शोभाराम भण्डारीले धन्यवाद ज्ञापन गरेका थिए ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारझापाका पालिका उपप्रमुखहरुको सञ्जाल, पाँच बुँदे प्रतिबद्धता
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img