Homeसमाचारप्रदेश–१ का संसदीय दलका नेतामा तीन झापाली

प्रदेश–१ का संसदीय दलका नेतामा तीन झापाली

झापा १५ पुस । प्रदेश–१ मा संसदीय दलमा प्रतिनिधित्व गर्ने चार ठूला राजनीतिक दल मध्ये तीन दलका संसदीय दलका नेतामा झापाका तीन जना चयन भएका छन् ।
गत मंसीर ४ गते सम्पन्न प्रतिनिधी तथा प्रदेशसभा निर्वाचनको मतपरिणाम अनुसार ४ राष्ट्रिय पार्टी मध्ये नेकपा एमाले, कांग्रेस र राप्रपाका संसदीय दलको नेतामा झापाका नेताहरु चयन भएका हुन् ।
शुक्रबार सम्पन्न कांग्रेस प्रदेश–१ को संसदीय दलको निर्वाचनबाट २९ मत मध्ये १८ मत प्राप्त गर्दै कांग्रेसका उद्धव थापा संसदीय दलको नेतामा निर्वाचित भए । पार्टीको १ नं. प्रदेश सभापति समेत रहेका थापा झापाको अर्जुनधारा नगरपालिका निवासी हुन् ।
त्यस्तै शुक्रबार नै सम्पन्न राप्रपाको संसदीय दलको बैठकबाट झापाकै बिर्तामोड नगरपालिकाका बासिन्दा भक्तिप्रसाद सिटौला सर्वसम्मत रुपमा राप्रपाको तर्फबाट सर्वसम्मत संसदीय दलका नेतामा चयन भएका छन् ।
यसअघि पुस १० गते सम्पन्न नेकपा एमालेको संसदीय दलको बैठकबाट झापाको गौरादह नगरपालिका निवासी हिक्मत कार्की संसदीय दलको नेतामा सर्वसम्मत चयन भएका थिए ।
प्रदेश– १ को नेकपा माओवादी केन्द्रको संसदीय दलको नेतामा इन्द्र आङ्वो चयन भएका छन् । आङ्वो पाँचथर निवासी हुन् ।
संसदीय दलको नेता संसदमा प्रमुख मानिन्छ । कांग्रेस संसदीय दलका नेता थापा प्रमुख प्रतिपक्षी दलका नेता हुने निश्चित हुँदा मुख्य मन्त्री को होला ? भन्ने जिज्ञासा बढेको छ । पछिल्लो राजनीतिक समिकरण अनुसार प्रदेश–१ को मुख्य मन्त्रीमा एमाले संसदीय दलका नेता कार्की र माओवादीका आङ्बो आकांक्षी छन् । जसमध्ये नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको निर्वाचन क्षेत्रबाटै संसदीय दलका नेता बनेका हिक्मत कार्की मुख्य मन्त्रीका लागि बलिया देखिएका छन् । यद्यपी राजनीतिक भागबण्डा बाँकी नै रहेकाले यसै भन्न सक्ने अवस्था भने देखिंदैन ।
चार दलका संसदीय दलका चार नेता मध्ये कार्की प्रदेश संरचना अन्तरगत पहिलो आन्तरिक मामिला कानून, गृह तथा सञ्चार हुन भने आङ्बो बहालवाला अर्थमन्त्री हुन् । थापा र सिटौला संसदीय अभ्यासमा नयाँ अनुहार हुन् ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारप्रदेश–१ का संसदीय दलका नेतामा तीन झापाली
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img