कालीस्थान । कालिका बहुउद्देश्यीय सहकारी संस्थाले आफ्नो २० औ बार्षिक साधारणसभाको अवसर पारेर खाद्य उध्योग सञ्चालनमा ल्याएको छ ।
खाद्य उद्योगको उद्घाटन कार्यक्रमका प्रमुख अतिथी एवं अर्जुनधारा नगरपालिकाका मेयर बलदेब सिह गोम्देनले गरेका थिए । कालिकापीठका प्राचार्य आ. रघुनाथ रिजालले वैदिक मन्त्रोच्चारण गरेको उद्योग उद्घाटनका क्रममा अतिथी एवं शेयर सदस्यहरुको उल्लेख्य उपस्थिति रहेको थियो ।

यसअघि उपभोक्ता भण्डार सञ्चालन गर्दै आएको संस्थाले उपभोक्ता एव शेयर सदस्यहरुमा शुद्ध खाद्यान्न पुर्याउने उद्देश्यले तोरी तेल, धान, मकै पिसानीका लागि शेलर मेसिन र चक्कीसमेत जडान गरि उद्योग संचालनमा ल्याएको हो । उद्योग उद्घाटनपछि सस्थाको बार्षिक प्रगती प्रतिबेदन प्रस्तुत गर्दै सस्थाका अध्यक्ष कर्णबहादुर तामाङले उपभोक्ता एव शेयर सदस्यमाझमा शुद्ध तोरी तेल एव खाद्यान्न पुर्याउने उद्देश्यले उद्योग स्थापना गरिएको जानकारी दिदै सस्थाकै ब्रान्डमा बजारमा लैजाने र ब्रान्ड लिने प्रक्रिया अघि बढाइएको बताए ।
चालू आर्थिक वर्षमा बचत तथा ऋण प्रबाह, उपभोक्ता भण्डार सञ्चालनमार्फत ३३ लाख, २६ हजार ८ सय १६ रुपैयाँ मुनाफा आर्जन गरेको जानकारी दिए।
संस्थाले २० औ बार्षिक साधारणसभाको अवसर पारेर ज्येष्ठ नागरिकहरु बिष्णुलाल ढुङेल, डम्बरकुमारी कटुवाल, अग्निप्रसाद खरेल र शखमाया लामा, शेयर सदस्यका छोराछोरीमध्ये एसईइ उत्कृष्ट अंक ल्याउने बिद्यार्थीहरु कुसुम पौडेल र कुशल मिश्र, उत्कृष्ट बचतकर्ता बेदकुमारी आले र बाल बचतकर्ता प्रज्ञा दाहाल, असल उद्यमीद्वय बिष्णु चौहान र सरिता पौडेल, उपभोक्ता भण्डारबाट उत्कृष्ट खरिदकर्ता मनिषा भट्टराईलाई विभिन्न उपहार एवं दोसल्लासहित सम्मान गरिएको थियो ।
कार्यक्रममा बिशिष्ठ अतिथि एव अर्जुनधारा वडा नम्बर १० का वडाध्यक्ष भुपेन्द्र न्यौपाने, सल्लाहकारद्वय कृष्ण चापागाईं र डम्बर बस्नेत, जनजीबिका सहकारीका अध्यक्ष जितेश योन्जन, श्रद्धा कृषि सहकारीका अध्यक्ष छबिलाल शिवाकोटी, समुन्नत सहकारीका अध्यक्ष कमल पौडेल, सहनशील महिला बचत तथा ऋण सहकारी सस्थाका अध्यक्ष ज्ञानकुमारी थापा लगायतले शुभकामना मन्तब्य राखेका थिए ।
सस्थाका अध्यक्ष कर्णबहादुर तामाङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत उपाध्यक्ष योगप्रसाद मिश्र, संचालन सचिब केदारनाथ पोखरेल र सम्मानपत्र वाचन सहसचिव गान्धारी मिश्रले गरेकी थिइन् ।
कार्यक्रमका अधिकाश बक्ताहरुले बचत, लगानी र ऋण असुलीको सन्तुलन एवं बित्तीय ज्ञान्, बित्तीय साक्षरता, एवं बित्तीय ब्यवस्थापनले मात्रै सस्था मुनाफामा जाने धारणा राखे ।
साधारणसभाले नयाँ नेतृत्व चयन गर्ने र आजैबाट शुरु भएको निर्वाचन प्रक्रिया अन्तर्गत सर्बसम्मत नेतृत्व चयन नभए आगामी पुस २१ गते मतदान हुने निर्वाचन कार्यतालिका रहेको निर्वाचन अधिकृत इन्द्र उप्रेतीले जानकारी दिनुभयो ।

































































































