Homeसमाचारमतदान गर्दा ध्यान दिनुपर्ने कुराहरु

मतदान गर्दा ध्यान दिनुपर्ने कुराहरु

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन भोली (आइतबार मंसीर ४ गते) आगामी ५ वर्षका लागि सांसद चुनिदैछन् । मतदान गर्दा मतदाताले ध्यान पुर्याउन सकेन भने मत बदर हुने खतरा बढ्छ । जसको असर सही नेतृत्व निर्वाचित नहुने खतरा बढ्छ । तसर्थ मतदाताले मतदान गर्दा ध्यान पुर्याउनुपर्ने कुराहरुबारे यहाँ उल्लेख गरिएको छ ।

१. मतदान गर्न घरबाट बाहिर जानु अघि आफ्नो मतदाता परिचयपत्र साथमा राख्नुहोस् । सो नभएमा निर्वाचन आयोगले तोकेको परिचयपत्र साथमा राख्नुहोस् ।
२. मतदान गर्न मतदान केन्द्र जानुअघि मास्क लगाउनुहोस् ।
३. मतदान स्थलमा पुगेपछि आफ्नो मतदान केन्द्रको पहिचान गर्नुहोस् ।
४. महिला भए महिलाको र पुरुष भए पुरुषको लागि तोकिएको अलग–अलग लाइनमा उभिनुहोस् ।
५. गर्भवती, अपाङ्गता भएका व्यक्ति, ज्येष्ठ नागरिक, विरामी, किरियापुत्री, सुत्केरी तथा अन्य ९लैंगिक तथा यौनिक अल्पसंख्यक० मतदाता लाइनमा नबसी प्राथमिकताको आधारमा मतदान गर्न पाइन्छ ।
६. दृष्टिविहीन वा शारीरिक असशक्तता भएको वा अरु कुनै कारणले आफै मत संकेत गर्न नसक्ने भए एकाघर परिवारको सदस्यलाई आफूसँग मत संकेत गर्ने गोप्य कक्षमा लैजान मतदान अधिकृतको सहयोग लिनुहोस् ।
७. मतदान केन्द्रमा लाइनमा उभिँदा एक अर्काबीच पर्याप्त दूरी राख्नुहोस् ।
८. मतदान कार्यमा खटिएका कर्मचारीलाई आफ्नो मतदाता परिचयपत्र देखाउनुहोस् ।
९. देब्रे हातको बुढी औलाको नंग र मासुको बीच पर्ने गरी मसी लगाउनुहोस् ।
१०.प्रतिनिधिसभाको पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीको रंगको निर्वाचन चिन्ह र अन्य विवरण छापिएको पहिलो मतपत्र लिनुहोस् ।
– स्वस्तिक छापले कुनै पनि एक उम्मेदवारको निर्वाचन चिन्हमा मत संकेत गर्नुहोस् ।
– मतपत्र सही तरिकाले पट्याउनुहोस् र सेतो पृष्ठभूमिमा रातो रंगले ‘१’लेखिएको स्टीकर भएको मतपेटिकामा मत खसाल्नुहोस् ।
११. प्रतिनिधिसभाको समानुपातिक निर्वाचन प्रणालीको लागि सेतो पृष्ठभूमिमा कालो रंगको निर्वाचन चिन्ह र अन्य विवरण छापिएको दोस्रो मतपत्र लिनुहोस् ।
– स्वस्तिक छापले कुनै एक राजनीतिक दलको निर्वाचन चिन्हमा मत संकेत गर्नुहोस् ।
– मतपत्र सही तरिकाले पट्याउनुहोस् र सेतो पृष्ठभूमिमा कालो रंगले ‘२’ लेखिएको स्टीकर भएको मतपेटिकामा मत खसाल्नुहोस् ।
१२. प्रदेशसभाको पहिलो हुने निर्वाचित हुने प्रणालीको लागि सेतो पृष्ठभूमिमा रातो रंगको निर्वाचन चिन्ह र अन्य विवरण छापिएको तेस्रो मतपत्र लिनुहोस् ।
– स्वस्तिक छापले कुनै एक उम्मेदवारको निर्वाचन चिन्हमा मत संकेत गर्नुहोस् ।
– मतपत्र सही तरिकाले पट्याउनुहोस् र सेतो पृष्ठभूमिमा रातो रंगको ‘३’ लेखिएको स्टीकर भएको मतपेटिकामा मत खसाल्नुहोस् ।
१३. प्रदेशसभाको समानुपातिक निर्वाचन प्रणालीको लागि सेतो पृष्ठभूमिमा कालो रंगको निर्वाचन चिन्ह र अन्य विवरण छापिएको चौथो मतपत्र लिनुहोस् ।
– स्वस्तिक छापले कुनै एक राजनीतिक दलको निर्वाचन चिन्हमा मत संकेत गर्नुहोस् ।
– मत पत्र सही तरिकाले पट्याउनुहोस् र सेतो पृष्ठभूमिमा कालो रंग ‘४’ लेखिएको स्टीकर टाँसिएको मतपेटिकामा खसाल्नुहोस् र मतदान केन्द्रबाट बाहिर जानुहोस् ।
प्रतिनिधिसभामा निर्वाचित हुने सदस्य
प्रतिनिधिसभा सदस्यमा निर्वाचनबाट २७५ सदस्य निर्वाचित हुन्छन् । जसमा पहिलो हुने निर्वाचन प्रणालीबाट १६५ सदस्य र समानुपातिक निर्वाचन प्रणालीबाट ११० सदस्य निर्वाचित हुन्छन् ।
प्रदेशसभामा निर्वाचित हुने सदस्य
प्रदेशसभा सदस्यमा निर्वाचनबाट ५५० सदस्य निर्वाचित हुन्छन् । जसमा पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीबाट ३३० सदस्य र समानुपातिक निर्वाचन प्रणालीबाट २२० सदस्य निर्वाचित हुन्छन् ।
मतदाता र मतदान
मतदाता नामावलीमा नाम भई सम्वत् २०७९ साल मंसीर ३ गतेसम्म १८ बर्ष उमेर पुग्ने मतदाताले प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको निर्वाचनमा मतदान गर्न पाउँछन् । पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीमा उम्मेदवारलाई मतदान गरिन्छ । यस निर्वाचन प्रणालीमा सबैभन्दा बढी सदर मत पाउने उम्मेदवार विजयी हुन्छन् ।
समनुपातिक निर्वाचन प्रणालीमा राजनीतिक दललाई मतदान गरिन्छ । यस निर्वाचन प्रणालीमा राजनीतिक दलले पाएको मतको आधारमा दलको उम्मेदवार विजयी भएको घोषणा गरिन्छ । विजयी उम्मेदार घोषणा गर्दा दलले पेश गरेको बन्दसूचीमा प्राथमिकता बमोजिम उम्मेदवार विजयी हुन्छन् ।
मतदान केन्द्र थाह पाउने तरिका
आफ्नो मतदान केन्द्र कुन हो भनी थाह पाउन वा निर्वाचन सम्बन्धी जानकारी पाउन निर्वाचन आयोगको वेवसाइट www.election.gov.np मा हेर्नुहोस् ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारमतदान गर्दा ध्यान दिनुपर्ने कुराहरु
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img