HomeFeatured 2स्थगित मतदानका सम्बन्धमा २ दिनभित्र निर्णय गर्ने निर्देशन

स्थगित मतदानका सम्बन्धमा २ दिनभित्र निर्णय गर्ने निर्देशन

काठमाडौँ — निर्वाचन आयोगले १५ स्थानमा मतदान स्थगित भएको जनाएको छ । आइतबार साँझ निर्वाचन आयोगमा आयोजित पत्रकार सम्मेलनमा आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले गुल्मी, सुर्खेत, नवलपरासी, बाजुराका १५ स्थानमा मतदान स्थगित गरिएको बताएका छन् ।
मतदानलाई शान्तिपूर्ण र सहज रुपमा सञ्चालन गर्ने वातावरण निर्माण गर्न खोजे पनि सुर्खेत, नवलपरासी, गुल्मी, बाजुरा जिल्लाका १५ स्थानमा मतदान स्थगन हुन पुगेको छ । आयोगले सबै मतदान अधिकृतहरुलाई आज मध्यान्ह निर्देशन दिँदै, मतदान केन्द्रमा सामान्य विवादको कारण आज स्थगन भएको स्थानमा सुचारु गर्न प्रयत्न गरेको थियोु थपलियाले भने ुसाँझ ५ बजेसम्म स्थगन भएको सूचना टाँस नगर्न, आयोगको पूर्व सहमति लिएर मात्रै स्थगन भएको सुचना टाँस गर्न निर्देशन दिएको थियो ।ु थपलियाले स्थगित भएको स्थानमा २ दिनभित्र मतदान गर्ने वातावरण निर्माण गर्न निर्देशन दिएको बताए ।
ुकेही जिल्लाको मतदान केन्द्रमा केही कारणवस मतदान कार्य रोकिएकोमा राजनीतिक दलका उम्मेदवार, प्रतिनिधि तथा कर्मचारीसँग छलफल गरि पुन सूचारु गरिएको थियो । त्यस क्रममा राजनीतिक दलका उम्मेदवार तथा प्रतिनिधिहरुको संयमता र सौहाद्रताका लागि आयोग धन्यवाद ज्ञापन गर्दछ । आयोगले जुन जुन ठाउँमा स्थगत भएको छ त्यहाँको तथ्यगत विवरणको आधारमा जनताको अभिमतलाई कदर मतदान पुनस् गर्न आवश्यक भएको बाध्यता महशुस भयोु उनले भने ुस्थगन वा रद्द भएको मतदान केन्द्रमा बढी तयारी गरेर दुई दिनभित्र पुन मतदान गराउने निर्णय गरिसक्न उपयुक्त मिलाउन सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयलाई आयोगले दिई सकेको छ ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
Featured 2स्थगित मतदानका सम्बन्धमा २ दिनभित्र निर्णय गर्ने निर्देशन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img