रेजिना गौतम
संसद छिरेर सिंहदरवारभित्रको फोहोर सफा गर्ने शर्माको चाहना छ । संगसंगै शासकीय सुधार, प्रशासकीय प्रणालीमा सुधार दृढ संकल्प बोकेका शर्मा भन्छन्–‘सिंहदरबारभित्रको फोहोर सफा गर्ने ताकत छ, समयमा काम नभएर जनताले पाएको दुःखबारे जानकार छु, त्यसमा सुधार गर्नुछ शासकीय पद्धतिमा सुधार, प्रशासकीय प्रणालीमा मात्रै सुधार गर्ने हो भने पनि जनताले ठूलो राहतको महशुस गर्नेछन् ।’
सकारात्मक, लोकहित, तर्कयुक्त र वैज्ञानिक सोचका धनी विश्वप्रकाश शर्मा वाकक्षमतामा अब्बल छन् । शर्मा नेपाली कांग्रेसका मात्र नभएर राजनीतिमा सक्रिय युवा पुस्ताका लागि प्रेरणाका स्रोत हुन् । जोसँग टाउकोमा देश बनाउने चित्र छ भने मनमुटुमा नेपाली माटोको माया र ममता छ । पछिल्लो पुस्ताका आशालाग्दा नेताका रुपमा परिचय बनाएका शर्मामा मानवता र सेवाभाव सञ्चारित छ । एक प्रभावशाली युवा नेताको उज्ज्वल छबि बनाएका उनी कुनै ठूला नेताको आशिर्वादले होइन, आफ्नै कार्यकुशलता, निरन्तरको प्रयास र लगनशिलताले आजको उचाइमा पुगेका हुन् भन्दा अत्युक्ति हुँदैन । नेविसंघबाट राजनीति शुरु गरेका उनी नेविसंघ नेतृत्व सकेलगत्तै राष्ट्रिय राजनीतिमा प्रवेश गरे । राष्ट्रिय राजनीतिमा राम्रो प्रभाव राख्न सफल शर्माको लोकप्रियता र क्षमताका कारण उनीप्रतिको विश्वास र भरोसा निरन्तर बढ्दो छ । शर्माको संस्कार नेपाली राजनीतिक क्षेत्रमा अनुकरणीय छ ।
पार्टीभित्र मात्र होइन, विपक्षीसँग समेत निर्वाचन परिणामलाई शिष्टतापूर्वक र शालीनताका साथ स्वीकार गर्ने उनको राजनीतिक संस्कार सदैव चर्चाको विषय बने ।
अघिल्लो पुस्ताले निकै संघर्ष गरेर, रगत दिएर, अनेकौ यातनाबीच जेल नेल भोगेर ल्याएको राजनीतिक परिवर्तन र जनताकै प्रतिनिधिद्वारा निर्माण गरिएको संविधानले राजनीतिक व्यवस्थामा परिवर्तन ल्याइसकेको छ । अबको संघर्ष राजनीतिमा सुधार, शासन प्रणालीमा सुधार, प्रशासकीय प्रणालीमा सुधार, आर्थिक क्रान्ति, स्वास्थ्यमा जनताको पहुँच, रोजगारमूलक शिक्षा, उद्योग स्थापना र रोजगारी सृजना हुनुपर्ने उनको स्पष्ट धारणा छ । त्यसैले भन्दैछन्–राजनीतिक परिवर्तन भयो अब राजनीतिमा परिवर्तन जरुरी छ ।’ बीपीको आदर्शबाट प्रेरित शर्मा राजनीतिलाई सेवासँग गाँस्नुपर्ने मान्यता राख्छन् । तर, राजनीति सेवामुखी नहुँदा, राजनीति गर्नेहरू असहिष्णु बन्दा, जनताको आवश्यकता अनुसार नीति नबन्दा अविश्वासको अवस्था आएको उनको भनाइ छ ।
‘सबैलाई सम्मान, इज्जत, माया, सद्भाव र आदर गर्नुपर्छ अनि राजनीति गर्नु भनेको झुटको पुलिन्दा बाँड्नु होइन, अरुलाई गाली गर्नु राजनीतिक संस्कार हुँदै होइन’ भन्ने मान्यतालाई स्थापित गर्न एक्लो बृहस्पति झैं लागि परेका उनले दुई–दुई पटक पराजित हुँदै गर्दा आफ्नै हातले माला उने र बिजयीलाई शुभकामनाका शब्द गुच्छासंगै शुभेच्छा माला पहिराई दिए ।
उनी राजनीतिमा असल संस्कार स्थापित गर्न चाहन्छन् । राजनीति संस्कारित भए शासकीय तथा प्रशासकीय प्रणाली दुवै सुध्रिन्छ । शासकीय पद्धति सुधार भए समाजका हरेक विकृति विसंगति नियन्त्रण हुन्छ र सभ्य समाज निर्माण हुन्छ भन्ने मान्यता स्थापित गर्ने ध्येयका साथ उनी झापा क्षेत्र नं.–१ बाट प्रतिनिधिसभा सदस्यको उम्मेद्वार छन् ।
संसद छिरेर सिंहदरवारभित्रको फोहोर सफा गर्ने शर्माको चाहना छ । संगसंगै शासकीय सुधार, प्रशासकीय प्रणालीमा सुधार दृढ संकल्प बोकेका शर्मा भन्छन्–‘सिंहदरबारभित्रको फोहोर सफा गर्ने ताकत छ, समयमा काम नभएर जनताले पाएको दुःखबारे जानकार छु, त्यसमा सुधार गर्नुछ शासकीय पद्धतिमा सुधार, प्रशासकीय प्रणालीमा मात्रै सुधार गर्ने हो भने पनि जनताले ठूलो राहतको महशुस गर्नेछन् ।’ गालीको राजनीति अन्त्य हुनुपर्नेमा उनको जोड छ । राजनीति सफा भए समाजका अन्य कुराहरु पनि सफा हुनेमा विश्वस्त उनी भन्छन्–‘राजनीतिमा गाली धेरै भयो, अब पनि गालीको राजनीति हुनुहुँदैन, अबको राजनीति इमान्दार, सफा र प्रतिवद्ध हुनुपर्छ ।’ उनी थप्छन्–विकास, समृद्धि, विभेदमुक्त समाज र सौहार्दताको हुनुपर्छ, संस्कारको राजनीति भयो भने विसंगति नियन्त्रण गर्न सकिन्छ ।’
प्रतिपक्षीले लगाएका निराधार लाञ्छनाले शर्मालाई कत्तिपनि छोएको छैन किनकी उनी संस्कारको राजनीति हुनुपर्छ भन्ने मान्यतामा विश्वास गर्छन् । चुनावी मैदानमा होमिएका शर्माबाट जनतालाई अलग्याउनका लागि फैलाइएका अफवाहबारे क्षेत्र नंं १ का अधिकतम नागरिक असन्तुुष्ट छन् । फलस्वरुप उनलाई पनि मुख खोल भनेर दबाब दिनेहरु पनि कम छैनन् । तर, विश्वमा जगमगाउन सक्ने क्षमता भएको प्रकाश (विश्वप्रकाश) बादलभित्र मडारिन किन मान्थ्यो र ! ‘मलाई हानेका ढुङ्गा बटुल्छु र बास नभएकालाई घर बनाउन सहयोग गर्छु–उनी भन्छन् ।’शर्माले विगत केही वर्षयता दृष्टिबिहिन, आगलागी पीडित, बाढी पीडितको घर बनाउने कार्यमा अग्रसरता लिंदै आएका छन् ।
सत्य त्यही हो ‘सुनाखरी अप्ठ्यारोमा नै फुल्छ, पिपल ढुङ्गाको काप फोरेर नै उम्रिन्छ ।’ ढुङ्गाको काप फोरेर उम्रिएको एउटा पिपललाई हुर्काउने काम त झापा क्षेत्र नंं १ ले ग¥यो । सबैलाई शितलता प्रदान गर्न सक्ने क्षमता भएको त्यो पिपललाई अक्सिजन फाल्न दिनपनि सक्नुपर्छ । जसले सबैलाई बचाउँने ल्याकत राख्छ । तसर्थ अब निसंकोच अक्सिजन फाल्ने विरुवा चिन्न र उक्त विरुवालाई फराकिलो ठाउँ बनाइदिन झापा क्षेत्र नं–१ का जनताले कञ्जुस्याँई गर्नुहुन्न ।

































































































