Homeसमाचारसतचण्डी महायज्ञ समापन, दातालाई सम्मान

सतचण्डी महायज्ञ समापन, दातालाई सम्मान

शनिश्चरे २० असोज । कालिकापीठ कालीस्थानमा सञ्चालित नवाहब्यापी सतचण्डी महायज्ञ सोमबार आयोजित एक कार्यक्रमका बीच समापन गरिएको छ ।
शारदीय नवरात्रको अवसर पारेर कालिकापीठले आयोजना गरेको सतचण्डी महायज्ञ तथा दुर्गा देवीको विशेष पूजा–आरधना समापन गरिएको हो । असत्यमाथी सत्यको जीत र आँशुरी प्रवृत्तिमाथि दैवी शक्तिको विजयको प्रतिकका रुपमा मनाइने बडा दशैंको अवसर पारेर गत आश्वीन शुक्ल प्रतिप्रदादेखि प्रारम्भ भएको यज्ञमा वैदिक विधिपूर्वक शक्तिस्वरुपा देवीको पूजा–आरधना तथा सय आबृत्ति दुर्गा सप्तशति पाठ गरिएको यज्ञाचार्य आ. रघुनाथ रिजालले जानकारी दिनुभयो ।
यज्ञ समापनको अवसर पारेर दुर्गादेवीको विशेष पूजा–आरधना तथा सतचण्डी महायज्ञ सञ्चालनका लागि ११ हजार रुपैयाँ सहयोग गर्नुहुने अर्जुनधारा नगरपालिका–९ कालीस्थान निवासी दुर्गालाल श्रेष्ठ र सिता श्रेष्ठलाई सम्मान गरिएको छ ।

पीठका अध्यक्ष ज्यो. पं. लक्ष्मीप्रसाद पोखरेलको प्रमुख आतिथ्य र कालिका मातृ समूहको सम्पन्न कार्यक्रममा दाता श्रेष्ठ दम्पत्तिलाई दोसल्ला ओढाएर सम्मान गरिएको हो ।
सम्मानपछि बोल्दै पीठका अध्यक्ष तथा प्रमुख अतिथि पोखरेलले सबैको कायिक, वाचिक, आर्थिक सहयोगबाट पीठको विकास सम्भव भएको बताउँदै पीठका हरेक कार्यक्रमहरुमा सहआयोजकको भूमिका निर्वाह गर्दै आर्थिक तथा पूजा–आरधनामा विशेष सहयोग गर्ने कालिका मातृ समूह र सायंकालीन भजनसन्ध्यामा सहयोग पु¥याउने मनकामना कीर्तन मण्डलीसहित स्थानीय कीर्तन समूहहरुलाई विशेष धन्यवाद ज्ञापन गर्नुभयो ।
यज्ञ समापनका अवसरमा एक बटुकसहित नवदुर्गा शैलपुत्री, ब्रह्मचारिणी, चन्द्रघण्टा, कुष्माण्डा, स्कन्दमाता, कात्यायनी, कालरात्री, महागौरी र सिद्धीदात्री देवीको प्रतीकस्वरुप एकजना बटुक र नवकन्याको पूजा गरिएको थियो ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारसतचण्डी महायज्ञ समापन, दातालाई सम्मान
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img