Homeसमाचारअन्तर्राष्ट्रिय झापाली समाजद्वारा उपचारकोषमा सहयोग

अन्तर्राष्ट्रिय झापाली समाजद्वारा उपचारकोषमा सहयोग

विर्तामोड २४ असोज । नेपाल पत्रकार महासंघ झापा शाखाले स्थापना गरेको पत्रकार सहारा उपचार कोषका लागि अन्तर्राष्ट्रिय झापाली समाजले ५१ हजार रुपैयाँ प्रदान गरेको छ ।
यही असोज २५ र २६ गते विर्तामोडमा सम्पन्न हुन लागेको समाजको दोस्रो अन्तर्राष्ट्रिय महाधिवेशन, समाजले गरेका गतिविधिबारे जानकारी गराउने उद्देश्यले विर्तामोडमा आयोजित पत्रकार भेटघाटमा समाजले कोषका संयोजक तथा पत्रकार महासंघका उपाध्यक्ष एकराज गिरी, पूर्व अध्यक्ष कृष्ण हुमागाई, महासंघका सहसचिव तथा कोषका सचिव केशव भट्टराईलाई रकम हस्तान्तरण गरेको हो ।
प्रवासमा बसेर कमाएको रकमको केही अंश समाजसेवा र परोपकारी काममा खर्च गर्ने सोचका साथ पत्रकार उपचार कोषलाई सहयोग गरिएको समाजका अध्यक्ष दिनेशकुमार पोखरेलले बताउनु भयो । अध्यक्ष पोखरेलले झापाली पत्रकारले दीगो सोचका साथ अघि बढाएको उपचार कोषको अभियानको सराहना समेत गरे ।
सो अवसरमा महासंघका पूर्वअध्यक्ष हुमागाईं, पत्रकार उमाकान्त खनाल लगायतले अन्तर्राष्ट्रिय झापाली समाजलाई सहयोगप्रति धन्यवाद ज्ञापन गरे ।
कोषको ब्याजबाट घाइते तथा बिरामी पत्रकारलाई सहयोग प्रदान गर्न समेत थालिएको छ । कोषमा हाल ४० लाख रुपैयाँभन्दा बढी जम्मा भइसकेको छ । पत्रकार महासंघको सदस्यता प्राप्त गरिसकेका एक सयभन्दा बढी पत्रकार समेत कोषको सदस्य भइसकेका छन् ।
कोषबाट सुविधा लिनका लागि महासंघका सदस्यले अनिवार्य रुपमा कोषको सदस्य बन्नुपर्ने कार्यविधिमा व्यवस्था छ ।
लगानी योग्य ठाउँको पहिचान गरी ती क्षेत्रमा लगानी भित्र्याउने उद्देश्यका साथ सन् २०१७ मा स्थापना भएको अन्तर्राष्ट्रिय झापाली समाजको सञ्जाल हाल ३२ देशमा फैलिएको अध्यक्ष पोखरेलले जानकारी गराउनु भयो ।
गठनताका १८ वटा देशमा रहेका झापालीहरु समेटिएको समाजमा चाँडै ४० देशलाई समेट्ने तयारी भइरहेको बताइएको छ ।
समाजले दुईवर्षको अवधीमा झापामा लगभग एककरोड रुपैयाँ बराबरको सामाजिक उत्तरदायित्व अन्तरगतका काम गरेको जनाएको छ भने आगामी दिनमा एकअर्ब रुपैयाँ लगानी भित्र्याउन लागी परेको समाजका प्रवक्ता महेन्द्रप्रसाद चम्लागाँईले जनाउनु भयो ।
बाढी पीडितलाई राहतदेखि नमूना बस्ती निर्माण, झापा गोल्डकपमा फस्ट रनरअप पुरस्कार प्रायोजन गर्दै आएको समाजले यसै आर्थिक वर्षमा झापाका विभिन्न पालिकालाई एम्बूलेन्स हस्तान्तरण गर्ने तयारी गरेको अध्यक्ष पोखरेलले जानकारी दिनुभयो ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारअन्तर्राष्ट्रिय झापाली समाजद्वारा उपचारकोषमा सहयोग
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img