Homeसमाचारपत्रकार प्रसाईलाई पितृशोक

पत्रकार प्रसाईलाई पितृशोक

बिर्तामोड ३० कात्तिक । पत्रकार लिला अनमोल (प्रसाई) र देवेन्द्र प्रसाईलाई पितृ शोक परेको छ । प्रसाईको पिता विष्णुकुमार प्रसाईको ८७ वर्षको उमेरमा बुधबार निधन भएको हो ।
स्वर्गीय विष्णुकुमार विगत केहि समययता दम, मुटु, रक्तचाप र मधुमेह रोगका कारण अस्वस्थ्य थिए । ताप्लेजुङको साँघुमा १९९२ साल माघ २५ गते जन्मिएका प्रसाईका श्रीमती धनमाया, तीन छोरा र छ जना छोरी रहेका छन् ।
तीन छोरा बुहारीमा जेठा डिल्ली– सुनिता, माइला देवेन्द्र –लीला अनमोल र कान्छा राजन प्रसाई रहेका छन् । प्रसाईका छ जना छोरीहरुमा गोमा बराल, राधा विमली, सरोज सेढाई, रुपा विमली, ममता खरेल र दीपा आपगाई रहेका छन् । स्व. प्रसाईका माइली बुहारी अनमोल नारी सञ्चार गृह झापाकी सल्लाकार तथा रेडियो विराटकी प्रबन्ध निर्देशक हुन भने माइला छोरा देवेन्द्र रेडियो विराटका स्टेशन म्यानेजर हुन् ।
प्रसाईको विहीवार विहान कनकाई माईमा अन्त्येष्टी गरिने पारिवारिक श्रोतले जनाएको छ ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारपत्रकार प्रसाईलाई पितृशोक
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img