Homeसमाचारगाली गरेर र झुटो बोलेर राजनीति सुध्रिदैन : शर्मा

गाली गरेर र झुटो बोलेर राजनीति सुध्रिदैन : शर्मा

भद्रपुर ३० कात्तिक । नेपाली कांग्रेसका महामन्त्री एवम् झापा क्षेत्र नं १ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार विश्वप्रकाश शर्माले झुटो आवश्वासन दिएर जनता नझुक्याउने प्रतिबद्धता गरेका छन् ।
आसन्न मंसीर ४ गते हुने निर्वाचनका सन्दर्भमा भद्रपुर १० स्थित वीपी चौकमा आयोजित कोणसभालाई सम्बोधन गर्दै महामन्त्री शर्माले झापा १ सितै देश र जनताको समृद्धिका लागि प्रतिबद्ध रहेको बताए । अर्कालाई गाली गरेर र झुटो आवश्वासन बाँडेर आफू हिड्न नसक्ने उनको स्पष्टोक्ति थियो । राजनीति इमान्दार र सफा हुनुपर्छ भन्ने कुरालाई जोड दिंदै आएका शर्माले भने–‘राजनीतिमा गाली धेरै भयो, अब पनि गालीको राजनीति हुनुहुँदैन, कसैलाई गाली गरेर भोट जितिन्छ भन्नुहुन्छ भने मबाट त्यो हुनसक्दैन, अबको राजनीति इमान्दार, सफा र प्रतिवद्ध हुनुपर्छ ।’ उनले थपे–विकास, समृद्धि, विभेदमुक्त र सौहार्दताको हुनुपर्छ, संस्कारको राजनीति भयो भने विसंगति र विकृति नियन्त्रण गर्न सकिन्छ ।’
‘संविधानको रक्षा, लोकतान्त्रिक शासन पद्धतिको विकास र राजनीतिमा परिवर्तनका लागि युवाको आवश्यकता रहेको वर्तमान सम्झन मतदातालाई आग्रह गरेका शर्माले भने,–गठबन्धनकाउम्मेदवारलाई जिताएर जनताको समृद्धिका लागि काम गर्ने अवसर दिनुहोस् ।’
क्षेत्रगत समस्याका बारेमा आफू जानकार रहेको बताउँदै समस्या समाधानका लागि लागिरहने प्रष्ट पारे । शर्माले लोकतान्त्रिक बाम गठबन्धनका उम्मेद्वारहरूलाई जिताए विकासको सही अनुभूति दिलाउने बताएका छन् ।र्
शर्माले भने, ‘कागजमा हेर्दा वा कानले सुन्दा आनन्द हुने विकास होइन, हामी आँखाले देख्ने गरीको विकास गरेर देशको समृद्धि दिलाउँछौँ ।’ झापाको सदरमुकाम चन्द्रगढीको उन्नतिका लागि चन्द्रगढको स्तरोन्नतीसित चन्द्रगढी वनमा रहेको सिमसार क्षेत्रको विकास गरेरै छोड्ने उल्लेख गरे । साथै चन्द्रगढी विमानस्थललाई पश्चिम तथा उत्तरपट्टिबाट क्षेत्र विस्तार गरी अन्तराष्ट्रिय उडान गर्न सक्ने स्तरमा ल्याउन लागि पर्ने बताए ।
उनले आफूहरू आश्वासनको नभइ इमान्दारिताको राजनीति गर्ने बताउँदै ‘नेपाली नागरिकालाई सुखी, खुसी, र समृद्धिको यात्रामा लैजान ढाँटेर, छलेर हुँदैन भन्दै शर्माले सांसद र मन्त्री बन्ने अरु सहज बाटा भए पनि जोखिम मोलेरै देशको नेतृत्व गर्ने हिम्मतका साथ प्रत्यक्ष निर्वाचनमा तेस्रो पटक होमिएको उल्लेख गरे ।
कार्यक्रममा प्रदेश ‘१’ का उम्मेद्वार गोपाल तामाङले राजनीतिलाई सेवा ठानेर चुनावी मैदानमा होमिएको बताए । उनले राजनीतिलाई पेशा बनाउने र कमाइ खाने भाँडो बनाउने प्रवृत्ति अन्त्य गर्न समेत आफ्नो उम्मेदवारी रहेको प्रष्ट पारेका छन् । उनले १८ वर्षको उमेरदेखि उत्तरी झापाको काँकरभिट्टामा बसेर समाज सेवा गरिरहेको उल्लेख गर्दै एक पटक अवसर पाए झापा १ को उन्नतिमा अविस्मरणीय योगदान दिने बचन समेत दिएका छन् ।
यस्तै प्रदेश सभा (२) का उम्मेदवार श्यामवीर लिम्बूले आफू सुकुम्बासीको छोरो भएको बताउँदै आम मजदुर, किशान, सर्वहाराको उन्नतिका लागि इमानदार भएका काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । प्रदेश सभाको क्षेत्र भित्रका सवै समस्या नजिकबाट बुझेको उल्लेख गर्दै लिम्बूले प्रदेश सभामा पुग्ने अवसर प्राप्त गरे क्षेत्रका बासिन्दाको सेवामा ५ वर्षे अवधिमा उल्लेखनीय काम गरेर देखाउने बचन समेत दिएका छन् ।
कार्यक्रममा प्रतिनिधि सभाका समानुपातिक उम्मेद्वार टेकबहादुर लिम्बू, तारा रुचाल, प्रदेश सभा सदस्यका सामानुपातिक उम्मेद्वार बालाजीत राई, नेपाली काँग्रेसकी केन्द्रीय सदस्य गोमा भट्टराई, हास्य कलाकार जोगिन्दर पानवाला, कविता दुलाल, राष्ट्रिय कलाकार जनगायक प्रदिप देवान, सम्भू राई, एस कुमार लगायत राष्ट्रिय कलाकारको टोलीले समेत वेजोड प्रस्तुति सहित साँगीतिक कार्यक्रम प्रस्तुत गरेका थिए ।
आफूहरु आश्वासनको नभइ इमान्दारिताको राजनीति गर्ने बताउँदै ‘नेपाली नागरिकालाई सुखी, खुसी, र समृद्धिको यात्रामा लैजान ढाँटेर, छलेर हुँदैन, भन्दै शर्माले सांसद र मन्त्री बन्ने अरु सहज बाटा भए पनि जोखिम मोलेरै प्रत्यक्ष निर्वाचनमा तेस्रो पटक होमिएको उल्लेख गरे ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारगाली गरेर र झुटो बोलेर राजनीति सुध्रिदैन : शर्मा
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img