Homeसमाचारअशक्तलाई कपडा वितरण

अशक्तलाई कपडा वितरण

विर्तामोड १७ असोज । अर्जुनधारा नगरपालिका–८ स्थित प्रज्वला अपाङ्ग तथा महिला बहुद्देश्यीय सहकारी संस्थाले नगर क्षेत्रका शारीरिक असक्त र विपन्न ब्यक्तिहरुलाई दशैंका लागि नयाँ कपडा वितरण गरेको छ ।
बडा दशैं, शुभदीपावली तथा छठ पर्वको अवसरमा संस्थाले शुक्रबार कार्यालयमा आयोजना गरेको शुभकामना आदा–प्रदान तथा कपडा वितरण कार्यक्रममा दशैंका लागि नयाँ कपडा वितरण गरिएको हो ।
कार्यक्रममा पवित्रा विश्वकर्मा, प्रेम दाहाल, कालीप्रसाद सार्की, लोकेन्द्र श्रेष्ठ, बासु बास्कोटा, थर्कमान धिमाल, अम्बिका घोर्साईं, सन्तोष राजवंशी, जमूना राजवंशी, मिना श्रेष्ठ, तारा श्रेष्ठलगायत १८ जनालाई प्रतिब्यक्ति एक÷एक थान कपडा वितरण गरिएको हो ।
संस्थाले विगतदेखि नै अपाङ्गता भएकालाई कपडा वितरण गर्दै आएको संस्थाकी अध्यक्ष निर्मला पौडेलले जानकारी दिनुभयो । नगरक्षेत्रभित्र रहेका अशक्त, अपाङ्गलाई संस्थाको सदस्यता लिनसमेत उहाँले आग्रह गर्नुभयो ।
पौडेलको अध्यक्षता तथा संस्थाका दाता युवराज प्रसाईंको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि प्रसाई, संस्थाका संस्थापक अध्यक्ष दिपेन्द्र काफ्ले, सल्लाहकार सदस्य पदमबहादुर मगर, सहनशील महिला बचत तथा ऋण सहकारी संस्थाका ब्यवस्थापक पम्फा विश्वकर्मा लगायतले शुभकामना मन्तब्य राख्नुभएको थियो । उपाध्यक्ष डिल्ली घोसाईंले स्वागत गर्नुभएको कार्यक्रमको सञ्चालन ब्यवस्थापक तुलसा कुँवरले गर्नुभएको थियो ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारअशक्तलाई कपडा वितरण
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img