Homeसमाचारसुरक्षा चुनौतिप्रति प्रेस युनियन झापाको ध्यानाकर्षण

सुरक्षा चुनौतिप्रति प्रेस युनियन झापाको ध्यानाकर्षण

विर्तामोड १७ असोज । समाचार लेखेकै विषयलाई लिएर प्रेस युनियनका महासचिव अजयवावु शिवाकोटीमाथि देखिएको सुरक्षा चुनौतिप्रति नेपाल प्रेस युनियन झापाले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
प्रेस युनियन झापाका अध्यक्ष इन्दु पूर्वेली र सचिव डिल्लीराम घोसाईंद्वारा हस्ताक्षरित विज्ञप्तिमा समाचारको विषयलाई लिएर पत्रकार शिवाकोटीलाई नयाँ–नयाँ नम्बरबाट फोन गर्ने, अपरिचित समूहले शंकास्पद तरिकाले पछ्याउने र निगरानी गर्दै असुरक्षा उत्पन्न गरेकोप्रति गम्भिर ध्यानाकर्षण भएको जनाइएको छ ।
समाचारको तथ्य र प्रमाणप्रति चित्त नबुझे कानुनी उपचारको बाटो खोज्न सम्बद्ध पक्षलाई सचेत गराउँदै विज्ञप्तिमा भयरहित वातावरणमा समाचार प्रकाशन प्रशारण गर्न पाउने मौलिक हकको सम्मान गर्न र डरत्रासजस्ता अलोकतान्त्रिक चरित्र नदेखाउन नेपाल प्रेस युनियन झापाले सम्बन्धित सबै पक्षसँग जोडदार माग पनि गरेको छ ।
समाचार सम्प्रेषण गरेको विषयलाई लिएर असुरक्षा उत्पन्न गराउने ब्यक्ति तथा समूह जोसुकै भएपनि कानुनी कठघरामा ल्याएर कानूनी कारबाही गर्न सरकारसँग जोडदार माग गर्दै विज्ञप्तिमा पत्रकार शिवाकोटीको सुरक्षाको ग्यारेन्टी गर्न प्रहरी प्रशासन तथा सरकारको ध्यानाकर्षण गराइएको छ ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारसुरक्षा चुनौतिप्रति प्रेस युनियन झापाको ध्यानाकर्षण
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img