Homeसमाचारअर्जुनधाराधाममा श्रीमद् वामन पुराण, रुद्राभिषेक महायज्ञ धनधान्याचल गंगा आरती यज्ञ आयोजना हुने

अर्जुनधाराधाममा श्रीमद् वामन पुराण, रुद्राभिषेक महायज्ञ धनधान्याचल गंगा आरती यज्ञ आयोजना हुने

शनिश्चरे १६ असोज । प्रसिद्ध तीर्थस्थल पूर्वको पशुपतिनाथका नामले परिचित अर्जुनधारा जलेश्वरधाममा आगामी मंसीर २ गतेदेखि सप्ताहव्यापी श्रीमद् वामन पुराण, रुद्राभिषेक महायज्ञ धनधान्याचल गंगा आरती यज्ञ आयोजना गरिने भएको छ ।
हिन्दूहरुको महानचाडहरु बडादशैं, दिपावली तथा छठ पर्वको अवसरमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष गट्टानीले धामलाई सहयोग पुर्याउने तथा देश–विदेशमा रहने सम्पूर्ण महानुभावमा शुभकामना व्यक्त गर्दै विहीबार धाम परिषरमा आयोजित पत्रकार सम्मेलनमा आगामी मंसिरमा हुने महायज्ञबारे जानकारी दिनुभएको हो ।
महायज्ञमा मंसिर ५, ६ र ७ गते जगतगुरु शंकराचार्य हेमानन्द महाराज जीको अगुवाईमा महावीर सेवा सदन कलकत्ताको प्राविधिक सहयोगमा धामले दृष्टि क्षमता कम भएकाको निः शुल्क आँखा परीक्षण गर्नुका साथै पाँचहजार चस्मा प्रदान गरिने कार्यक्रममा जगन्नाथधामका परम पुजनीय अनन्त श्री विभुषित जगतगुरु मुमुक्षानन्द महाराजजीको प्रमुख आतिथ्य रहने कार्यक्रममा कलकत्ताको महावीर सेवा सदनका अध्यक्ष विनोद वगाडियाको विशेष आतिथ्यता रहेने बताइएको छ ।
त्यसैगरी सो अवसरमा मंसिर १३ गतेबाट हात खुट्टा नभएका (शारिरीक रुपमा असक्तता भएका) तथा पोलियोले विगारेका लगभग पाँचसय जनालाई शिविरस्थलमै कृत्रिम हातखुट्टा बनाएर लगाइदिने बताइएको छ ।
धामको ३७ औं बार्षिक अनुष्ठानको रुपमा विगत वर्षहरु झैं यस वर्ष बालाचतुर्दशीको अवसर पारेर मंसिर ९ गते समापन हुने महापुराणको प्रमुख बाचक पं. कुवेरप्रसाद सुवेदी र उपवाचक पं. चिरञ्जीवी ढुंगाना रहने बताइएको छ ।
धामका अध्यक्ष गट्टानीको अध्यक्षता तथा सचिव शिवलाल खतिवडाको संचालनमा भएको पत्रकार सम्मेलनमा धामसमितिका उपाध्यक्ष भिमचन्द्र भट्टराई, कोषाध्यक्ष मनोज जोशी, बरिष्ठ सदस्य चित्रसेन भण्डारी, सदस्यहरु श्याम घिमिरे, रमेश त्रिखत्री लगायतको उपस्थिती रहेको थियो ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारअर्जुनधाराधाममा श्रीमद् वामन पुराण, रुद्राभिषेक महायज्ञ धनधान्याचल गंगा आरती यज्ञ आयोजना हुने
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img