Homeसमाचारयुवा र विद्यार्थी देशको प्रमुख शक्ति हुनः नेता सिटौला

युवा र विद्यार्थी देशको प्रमुख शक्ति हुनः नेता सिटौला

भद्रपुर । नेपाली काँग्रेसका नेता तथा झापा क्षेत्र नम्बर ३ मा प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार कृष्णप्रसाद सिटौलाले देशको प्रमुख शक्ति भनेकै युवा र विद्यार्थी भएको बताएका छन् ।
भद्रपुरमा युवा भेलालाई सम्बोधन गर्दै नेता सिटौलाले बहसलवादमा आधारित संघीय गणतन्त्रात्मक नेपाललाई चलायमान बनाउन युवा तथा विद्यार्थीको महत्वपूर्ण भूमिका रहने बताएका हुन् ।
उनले वर्तमान संविधानको मूल एजेन्डाविपरीत व्यवस्थामाथि धावा बोल्नेलाई युवा तथा विद्यार्थीले मत दिनु हँदैन भन्दै ‘जनताको मतले जितेर संसदमा पुग्ने र त्यही संसद्लाई भत्काउन खोज्नेलाई यस पटक भोट नदिने वातावरण निर्माण गर्न पनि युवा र विद्यार्थीको अपरिहार्य भूमिका हुने प्रष्ट पारेका छन् ।
नेता सिटौलाले पूर्ण रूपमा कार्यान्वयनमा आउन नसकेको वर्तमान संविधान कार्यान्वयनमा ल्याएर युवा तथा विद्यार्थीका भावना सम्बोधन गर्न पनि यस पटकको निर्वाचनमा संविधानको मर्म र भावना बुझ्ने काँग्रेस नेतृत्वको गठबन्धनलाई मतदान गर्न अनुरोध गरेका छन् ।
सिटौलाले भने, ‘देशबाट यो सामन्ति राजतन्त्र ढलेर गईसक्यो, अब फेरि कहाँबाट ब्युँझन्छ , कसैले कल्पना गर्न सक्ने विषय नै होइन ।’ भन्दै यस क्षेत्रमा विकास निर्माणको दृष्टिकोणले राप्रपालाई जनताले पाँच वर्ष मूल्याङ्कन गरिसकेकोले विकास र जनताको समस्याका लागि आफ्नो पक्षमा मत खस्ने सिटौलाले दावी गरे ।
उनले भने, ‘२०७४ सालको निर्वाचनमा काँग्रेस यस क्षेत्रमा हारेपनि यहाँका जनताको समस्यामा काँग्रेसले नै सहयोग गरेको छ । राप्रपाले कुनै पनि समस्यामा जनतालाई साथ दिएको छैन ।’ यस क्षेत्रमा विकास चाहने जनताले आफूलाई नै जिताउने भन्दै २००७ सालदेखिको परिवर्तनमाथि कहिन कहिबाट प्रहार भइरहेकाले लोकतन्त्रको लडाइँ जारी रहेको उल्लेख गरेका छन् ।
कार्यक्रममा प्रशेस सभा (क) का उम्मेदवार भूमिप्रसाद राजवंशीले परिवर्तनका लागि युवा र विद्यार्थी अपरिहार्य रहेको बताउँदै दक्ष र सक्षम युवा शक्ति निर्माणमा काँग्रेस नेतृत्वको गठबन्धन प्रतिबद्ध रहेको बताएका छन् ।
दक्षिणी झापाका उर्जाशील नेताको पहिचा बनाएका राजवंशीले स्वरोजगारको माध्यमबाट युवालाई देशको उन्नतिमा लगाउने प्रतिबद्धता जाहेर गर्दै दक्ष र सक्षम युवा शक्तिको वातावरण बनाउन गठबन्धनसित नीतिगत प्रष्ट धारणा रहेको बताएका हुन् ।
उनले आफूले जिते दक्षिणी झापाको मुहार फेर्न कृषिलाई औद्योगीकरणमा लैजाँदै युवा शक्ति बेरोजगार बन्नबाट रोक्ने समेत प्रतिबद्धता जाहेर गरेका छन् ।
तरूण दल झापा ३ का सभापति खड्गबहादुर लिम्बूको सभापतित्वमा सम्पन्न कार्यक्रममा नेकपा माओवादी केन्द्रका युवा विभाग संयोजक खगेन्द्र पराजुलीले कार्यक्रममाथि प्रष्ट्याएका थिए भने माओवादी केन्द्र झापाका युवा नेता पुरूषोत्तम चुडाल, डिल्ली घिमिरे हिक्मत, मोहन टुडु, नेपाली काँग्रेसकी केन्द्रीय सदस्य शुशिला ढकाल, महासमिति सदस्य टिकाराज ढकाल, युवा उद्योगी दिपेश ढकाल लगायत सहभागि रहेको कार्यक्रममा भद्रपुरका युवा जमातको बलियो उपस्थिति रहेको थियो ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारयुवा र विद्यार्थी देशको प्रमुख शक्ति हुनः नेता सिटौला
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img