HomeFeatured 2चिया मजदूर भन्छन् : जितेर जाने नेताले ज्याला बढाइदेलान कि !

चिया मजदूर भन्छन् : जितेर जाने नेताले ज्याला बढाइदेलान कि !

झापा । गाउँ, शहरसबै तिर निर्वाचनको सरगर्मी बढेको छ । सडक र गल्लीहरुमा राजनीतिक दलका उम्मेद्वारहरुको गाडी झण्डा हल्लाउँदै कुदिरहेका छन् । तर मेचीनगर नगरपालिका– ५ की देवीमाया कार्कीलाई यी कुनै कुराको सरोकार छैन । छ त केवल बगानमा दिनभर पत्ती टिप्ने, घर फर्कने र आराम गर्ने ।
विगत २७ बर्षदेखि नकलबन्दा टि–स्टेटमा काम गर्दै आएकी कार्कीलाई सरकारले तोकेको न्यूनतम ज्याला समेत नपाउँदा घर चलाउन समस्या भएको छ । दैनिक चारसय रुपैयाँ पाउने ज्यालाले उनको परिवारको गुजारा टरिरहेको छ ।
“ज्याला थोरै छ विहान बेलुकाको छाक टार्न गाह्रो भइरहेको छ, उनले छरिएको कपाल सम्हाल्दै भनिन् “अब चुनावमा नेताले जितेर गएपछि हाम्रो ज्याला पनि बढाइदिलान कि !” गरीबीले ४५ बर्षकै उमेरमा कार्कीको अनुहार चाउरिएको छ । शरीरमा मासु सकिएर हड्डी मात्र देखिन्छ तर पनि उनलाई काम नगरी सुखै छैन ।
उनले विगतमा दिंदै आएको सुविधासमेत बगान मालिकले कटाउँदै लगेको बताइन् । उनले लामो सुस्केरा हाल्दै भनिन् “सुनेको एमालेले जित्यो भने हाम्रो ज्याला २५ हजार हुन्छ रे । यति भयो भने त बाँच्न गाह्रो हुँदैन ।” उनले आफ्नो जवानी, बल र तागत समेत बगानमै सकिएकाले अन्यत्र गएर अब केही गर्न नसक्ने बताइन् ।
सोही बगानमा ५० बर्षदेखि काम गर्दै आएका माझी हुँडुमको पनि समस्या कार्कीको भन्दा फरक छैन । तर उनलाई हाल सरकारले तोकेको न्यूनतम पारिश्रमिक कति हो भने समेत जानकारी छैन । “हामी गरीबको बोल्दिने को हुन्छ र”, उनले भने, “मालिकले जति दिन्छ त्यति नै लिनुपर्छ ।”
हुँडुमजस्ता धेरै चिया मजदूरलाई नेकपा एमालेको सरकार हुँदा २०७४ सालमा बनेको श्रम ऐनको बारेमा जानकारी मात्र छ कार्यान्यन किन भएन अझै बेखबर छन् । चिया मजदूर संघको केन्द्रीय महासचिव रामबहादुर राईले श्रम ऐन बने पनि लागू नहुँदा मजदूरहरुलाई समस्या भएको बताए ।
उनले श्रम ऐन लागू नहुँदा बर्षौदेखि काम गरेका मजदूरको मजदूरी गर्न छाडेपछि सडकको बास हुने बताए । नकलबन्दा बगानमा काम गर्ने एक सय बढी मजदूरहरुको बास बस्नका लागि एक चप्परी माटो समेत नभएको उनको भनाई छ । उनले मजदूरका समस्याको चाङलाई उधिनेर नीति बनाई लागू गर्न सक्ने पार्टी एमाले बाहेक अब कुनै पनि नरहेको ठोकुवा गरे ।
राईले अधिकांश मजदूरहरु नेकपा एमालेसँग नजिक रहेको बताउँदै भने “हाम्रो भावना बुझ्ने गरीबको पार्टी हो एमाले । त्यसैले अब फेरि सत्तामा एमालेलाई पुर्याएर मजदूरको उत्थान गर्नुको विकल्प छैन ।”
प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन–२०७९ को घोषणापत्र सार्वजनिक गर्दै एमालेले स्वेदश तथा विदेशमा, ज्याला रोजगारी तथा स्वरोजगारीमा रहेका सबैलाई योगदानमा आधारित सामाजिक सुरक्षा योजनाको दायरामा समेटिने प्रतिबद्धता व्यक्त गरेको छ ।
घोषणा पत्रमा एमाले आगामी पाँच वर्षभित्र श्रमिकको न्यूनतम ज्याला वृद्धि गरी मासिक रु २५ हजार पु¥याउने प्रतिबद्धतासहित घोषणा पत्र सार्वजनिक गरेको हो । अहिले सरकारले श्रमिकको न्यूनतम पारिश्रमिक मासिक रु १५ हजार तोकेको छ । प्रत्येक दुई–दुई वर्षमा सरकारले श्रमिकको न्यूनतम पारिश्रमिक तोक्दै आएको छ ।
अधिकांश श्रमिक तथा कर्मचारीलाई सामाजिक सुरक्षाको दायरामा ल्याइने घोषणापत्रमा उल्लेख छ । औपचारिक क्षेत्रका सबै र अनौपचारिक क्षेत्रका ७५ प्रतिशत श्रमिक योगदानमा आधारित सामाजिक सुरक्षाको दायरामा समेटिने एमालेको दाबी छ ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
Featured 2चिया मजदूर भन्छन् : जितेर जाने नेताले ज्याला बढाइदेलान कि !
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img