Homeसमाचारसुरेशको सन्देश, लिएनन् सहयोग

सुरेशको सन्देश, लिएनन् सहयोग

विर्तामोड १५ असोज । कनकाई नगरपालिका–८ (घैलाडुब्बा) निवासी प्रजातान्त्रिक योद्धा सुरेश बास्केले सहयोग लिन अस्वीकार गर्नुभएको छ ।
अति सामान्य आर्थिक अवस्था भएका बास्केको निर्माणाधीन घर छाउनका लागि भन्दै नेपाल तरुण दल झापाका सहसचिव सजेश शिवाकोटीले दिन लाग्नुभएको ४२ हजार रुपैयाँ बराबरको टिन सहयोग लिन अस्वीकार गर्नुभएको हो ।
यसअघि जागरण अभियानका क्रममा कांग्रेस केन्द्रीय प्रतिनिधि बसन्त भट्टराई लगायत नेताहरुको टोली प्रजातान्ँित्रक योद्धाहरुसँगको भेटघाटका क्रममा उहाँका घरमा गएका बेला निर्माणाधीन घर देखेपछि संविधानसभा सदस्य सुधिरकुमार शिवाकोटीले सहयोगस्वरुप टिन उपलब्ध गराउन निर्देशन दिनुभएको थियो ।
प्रजातान्त्रिक आन्दोलनका लागि संघर्ष गर्ने क्रममा सुरेश बास्के २०१७ सालमा नेपाली कांग्रेसको लडाकु दस्ता मुक्तिसेनामा प्रवेश गर्नुभएको थियो । भू–विक्रम नेम्बाङको कमाण्डमा रहेको टोलीमा रहनुभएका उहाँलाई बन्दुकसहित पक्राउ परेपछि झापाको चन्द्रगढी र इलाम जेलमा गरी पाँचबर्ष जेलनेल र कठोर यातना तत्कालीन सरकारले दिएको थियो ।
नेपाली कांग्रेसका संस्थापक नेता वीपी कोइराल, गिरिजाप्रसाद कोइरालासहित चक्रप्रसाद बास्तोला, डिल्लीप्रसाद सिटौला, भूविक्रम नेम्बाङ , मच्छेन्द्रवहादुर केरुङलगायतका नेताहरुसँग संगत गर्नुभएका बास्केको कनकाई–८ घैलाडुब्बामा सामान्य घर छ ।
उहाँले आफूलाई सहयोग दिनभन्दा पनि आफूले आस्था राखेको पार्टी नेपाली कांग्रेसलाई केन्द्रदेखि गाउँतहसम्म राम्ररी सञ्चालन गरे आफूलाई पुग्ने उद्घोष समेत गर्दै भन्नुभयो–‘म जे छु, छु म लिन्न । पार्टी राम्रो बनाउनु, त्यसैले मलाई पुग्छ ।’
देश सञ्चालनको जिम्मेवारी लिएका र सरकारमा बसेका उच्च ओहोदाका ब्यक्तिहरु चरम भ्रष्टाचारमा फसिरहेको छ । यसैबेला अति सामान्य परिवारका प्रजातान्त्रिक योद्धा सुरेश बास्केले समग्र राष्ट्रलाई नै दिएको सन्देशको पालना सबैले गरे भ्रष्टाचारको दलदलमा देश अवश्य फस्ने थिएन ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारसुरेशको सन्देश, लिएनन् सहयोग
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img